arrow

नोटवन्दीका योजनाकार थिए अरुण जेटली, जीएसटी उनकै कार्यकालमा भएथ्यो लागू 

भाजपाका संकटमोचक थिए जेटली

logo
प्रकाशित २०७६ भदौ ७ शनिबार
arun-jaitley.jpg

काठमाडौं। प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा वित्तमन्त्री हुँदा अरुण जेट्लीले भारतकै चर्चित कार्यक्रम नोटवन्दी, जीएसटी र जनधन योजना लागू गराउन महत्वपूर्ण योगदान गरेका थिए। कालाधानमाथि नियन्त्रण गर्ने उद्धेश्यले गरिएकव नोटवन्दी मोदी सरकारको चुनौतिपूर्ण कदम थियो। 

एक देश एक करको पक्षधर भाजपा अलग अलग राज्यमा अलग अलग करको विपक्षमा थियो। एक देश एक संविधान एक देश एक निशान लगायतका राष्ट्रवादी मुद्धाहरुलाई बोक्दै आएको विजेपीले एक देश एक करको कुरालाई मोदी सरकारले अघिल्लो कार्यकालमै कार्यान्वयनमा ल्याएका थिए। जीएसटीको कतिपय सन्दर्भमा विरोध भएपनि यसलाई कार्यान्वयन गर्न जेट्लीको महत्वपूर्ण भूमिका थियो।

मोदीको अघिल्लो ५ बर्षे कार्यकालमा कुशलतापूर्वक वित्त मन्त्रालय सम्हालेका जेट्ली मोदीका भरोसायोग्य र विश्वाससिला थिए। स्वास्थ्य राम्रो नभएपछि भने उनले दोस्रो कार्यकालमा मन्त्री बन्न इच्छा जनाएनन्। उनै जेट्लीको शनिवार ६७ बर्षको उमेरमा एम्समा उपचारकै क्रममा निधन भएको छ।  

बीजेपीका वरिष्‍ठ नेता तथा पूर्व वित्‍त मन्त्री अरुण जेटलीको शनिवार निधन भएको हो। उनी ९ अगस्‍टबाट दिल्‍ली स्थित एम्‍स अस्पतालमा भर्ना भएका थिए।

एम्‍सद्वारा जारी गरिएको प्रेस रिलीजका अनुसार अरुण जेटलीको निधन शनिवार अपरान्न १२ बजेर ७ मिनेटमा भएको हो।

नरेन्द्र मोदी सरकारको पहिलो कार्यकालका विदेशमन्त्री सुस्मा स्वराजको निधन भएको तीन साता पनि नबित्दै सोहि सरकारका वित्‍त मन्त्री जेटलीको निधन भएको हो। स्वराजको भने साउन २२ गते निधन भएको थियो।

अधिवक्ता समेत रहेका जेटली विपक्षीमाथी तार्किक प्रहार गर्न सक्ने भाजपाका प्रभावशाली नेता मानिन्थे। उनी सन् २०१४ देखि २०१९ सम्म प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा वित्त मन्त्री थिए। उनले रक्षा, उद्योग तथा वाणिज्य, कानुन तथा न्याय लगायत महत्वपूर्ण मन्त्रालयमा पनि जिम्मेवारी सम्हालेका थिए।

पार्टी भित्र महत्वपूर्ण निर्णय लिने वखत तथा विपक्षसँग मुकाविला गर्ने समयमा समेत उनलाई पार्६ीले अगाडी सार्ने गर्थ्यो। कतिपयले उनलाई संकटमोचकको उपमा समेत दिन्थे। 

जेट्लीको निधनमा भारतीय जनता पार्टी सहित अन्य राजनीतिक दलका नेताहरुले शोक व्यक्त गरेका छन्। भारतीय राष्ट्रपति रामनाथ कोविन्दले जेट्लीको निधनमा गहिरो शोक व्यक्त गरेका छन्।

मध्यपूर्वका देशहरुको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जेटलीको पत्नी र छोरालाई फोन गरेर शोक व्यक्त गरेका छन्। जवाफमा परिवारका सदस्यहरुले विदेशको भ्रमण रोकेन नफर्कन आग्रह गरेका छन्। 

गृहमन्त्री अमीत शाहले जेट्लीको निधनमा शोक व्यक्त गर्दै आफ्नो लागि व्यक्तिगत क्षती भएको जनाएका छन्। रक्षामन्त्री राजनाथ सिंहले सहकर्मी जेट्लीको निधनमा गहिरो शोक व्यक्त गरेका छन्। 

विपक्षी नेतृहरु सोनिया गान्धी, ममता वनर्जीले पनि जेटलीको निधनमा गहिरो शोक प्रकट गरेका छन्। 

जेटलीको आइतवार अन्तिम संस्कार गरिने भारतीय जनता पार्टीले जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ