'एनएमबि फिफ्टी'मा आवेदन दिने समय आज सकिदै, पहिलो वर्षनै ७.३६ प्रतिशत लाभांश दिने
प्रकाशित २०७६ भदौ १० मंगलबार
184
Shares
काठमाडौं।एनएमबी क्यापिटलले निष्कासन गरेको सामूहिक योजना 'एनएमबि फिफ्टी'मा आवेदन दिने समय आज सकिदै छ। क्यापिटलले गत साउन १३ गतेदेखि १० रुपैयाँ प्रति इकाई दरका १२ करोड इकाईको बिक्री खुला गरेको थियो।
यो निष्कासनमा सोमबारसम्म एक अर्व १५ करोड रुपैयाँ बराबरको आवेदन परिसकेको एनएमबि क्यापिटलले जानकारी दिएको छ। प्रति इकाई १० रुपैयाँका दरले कम्तीमा १०० इकाईदेखि निष्कासित सबै इकाईमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ। यो योजनाले पहिलो वर्षनै ७.३६ प्रतिशत लाभांश दिने प्रक्षेपण गरेको छ। सातवर्षे बन्दमूखी योजनाको आकार एक अर्व २० करोड रुपैयाँ बराबरको छ। इकाई बाँडफाँड भएको मितिबाट सात वर्ष पुगेपछि परिपक्क हुनेछ।
क्यापिटलले बिज पुँजीको रूपमा एक करोड ८० लाख इकाई कोष प्रबर्द्धककोलागि सुरक्षित गरेको जनाएको छ।