arrow

नेप्से परिसूचक उकालो लाग्यो 

logo
प्रकाशित २०७६ भदौ १० मंगलबार
share-market2.jpg

काठमाडौँ । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारका शेयर कारोवार मापक नेप्से परिसूचक मंगलबार भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से परिसूचक ४।८७ बिन्दुले बढेर एक हजार २०८ मा पुगेको छ ।     
     
 यस्तै सेन्सेटिभ परिसूचक १।०३ बिन्दुले बढेर २६३।३९ मा पुगेको छ । नेप्से बढे पनि कारोवार रकम भने अपेक्षित वृद्धि हुन सकेन ।     
     
 कूल १६७ कम्पनीको आठ लाख ५० हजार ३८६ कित्ता शेयर रु २४ करोड ४६ लाख ६८ हजार २०९ मूल्यमा कारोवार भयो । कारोवार भएका कूल ११ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर घटेको छ भने नौ उपसमूहको शेयर उकालो लागेको छ । होटल ८.९४ र निर्जीवन बीमा १२.८८ बिन्दुले घटेका छन् ।     
     
 यस्तै बैंकिङ ५.२, विकास बैंक ४.५४, जलविद्युत् ८.०५, वित्त ५.१६, उत्पादन ११.३६, अन्य १.३६, लघुवित्त ९.९५, जीवन बीमा १५.३ बिन्दुले बढेका छन् । सामूहिक लगानी कोषको विवरण भने उल्लेख गरिएको छैन ।     
     
 कारोवारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु दुई करोड ३६ लाख २८ हजार, नेपाल बैंक लिमिटेड रु एक करोड ५५ लाख ५७ हजार ८९५, प्रभु बैंक रु एक करोड आठ लाख ४९ हजार ८९०, महालक्ष्मी विकास बैंक रु ७९ लाख ६३ हजार ४५८, सिटिजन बैंक रु ६६ लाख ६९ हजार ३२६ र नेपाल इन्भेस्टमेन्ट बैंक रु ६६ लाख २१ हजार ९६६ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।     
     
 स्टकका अनुसार सबैभन्दा बढी कमाउनेमा सबैको लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा रहेको छ । सो संस्थाका शेयरधनीले ९।९४ प्रतिशतले कमाए ।     
     
 यस्तै आँधीखोला लघुवित्त वित्तीय संस्था ९.८९, प्रोग्रेसिभ फाइनान्स ८.२५, सिन्धु विकास बैंक ६.२५, समता माइक्रोफाइनान्स वित्तीय संस्था ५.७४ र दिव्यश्वरी हाइड्रोपावरका शेयरधनीले ५.१७ प्रतिशतले कमाए ।     
     
 त्यस्तै गुमाउनेमा सिटी एक्सप्रेस फाइनान्स कम्पनी ६.८९, अरुण काबेली पावर ३.७७, एक्सेल डेभलपमेन्ट बैंक ३.५४, युनियन हाइड्रोपावर ३.३३ र सिटिजन म्युचुअल फण्डका लगानीकर्ताले ३.०३ प्रतिशतले गुमाए ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ