काठमाडौं। यही भदौ १० गते देखि भृकुटी मण्डपमा चलिरहेको सवारीसाधनको बृहत मेला नाडा अटो शो मा नेपालमा रहेका सवारीसाधन बिक्रेताले आफ्ना सानादेखि ठुला तथा सस्ता देखि महंगा दुई पांग्रे तथा चार पांग्रे सवारीसाधन र तिनका पार्टस बिक्रि तथा जानकारीका लागि प्रदर्शनीमा राखेका छन्।
हरेक वर्ष नेपालीहरुको चाड दसैँ तथा तिहारलाई लक्षित गर्दै आयोजना गरिने ६ दिनसम्म चल्ने उक्त मेलामा कम्पनीले विभिन्न किसिमका अफर तथा उपहार योजनाका साथै नयाँ उत्पादनहरुको प्रदर्शनीमा राखेका छन्। यसपटकको मेलाका आकर्षणमा रहेका विद्युतीय तथा हाइब्रिड सवारी साधनप्रति अवलोकनकर्ताहरुले अत्याधिक चासो देखाएका छन्।