एभरेष्ट बैंकका ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलमा छुट
प्रकाशित २०७६ भदौ १२ बिहिबार
334
Shares
काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई छुट र स्पेशल प्याकेजको व्यवस्था गर्नकालागि ओम समाज डेन्टल हस्पिटलसँग सम्झौता गरेको छ ।
ग्राहकले ओम समाज डेन्टल हस्पिटलको चावहिल तथा नयाँ नैकाप कलंकीमा रहेको अस्पतालबाट सो सुविधा लिन सक्नेछन्। नेपालमा शिर्ष दन्त चिकित्सा सेवा प्रदान गर्ने बहुविशेषता भएको दन्त स्वास्थ्य सेवा केन्द्र रहेको अस्पतालले दाबी गरेको छ।
एभरेष्ट बैंक र ओम समाज डेन्टल हस्पिटलबीच हस्ताक्षर भएको सम्झौता पत्र अनुसार ग्राहकहरुले एक्स–रे बाहेक सम्पूर्ण सेवा शुल्कमा १५% सम्म छुट पाउने छन्। ग्राहकहरुले एभरेष्ट बैंकको एटिएम वा क्रेडिट कार्ड देखाएर उक्त छुट पाउन सक्नेछन् ।