एनआईसी एशिया रेमिटले ल्यायो गजबको दशैं तथा तिहार योजना
प्रकाशित २०७६ भदौ १४ शनिबार
250
Shares
काठमाडौं। दशैं तथा तिहारको अवसरलाई मध्यनजर गर्दै एनआईसी एशिया बैंकले विशेष योजना प्रस्तुत गरेको छ । विदेशबाट वल्र्ड रेमिटमार्फत नेपालमा रकम पठाउँदा रकम प्राप्त गर्ने व्यक्तिलाई नगद एकसय बराबरको को मोबाइल रिचार्ज तथा बैंकको खातामा रकम पठाउँदा बैंकको तर्फबाट खातामा ३७५ बोनस क्रेडिट गर्ने योजना ल्याएको जनाएको छ ।
उक्त रेमिट्यान्स रकम बैंकका शाखा कार्यालय, एक्सटेन्सन काउण्टर, शाखारहित बैंकिङ्ग इकाई साथै ९हजार भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत् सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने बताएको छ । यो योजना १ सेप्टेम्बर देखि अक्टोबर ३१ सम्मका लागि लागु हुनेछ जनाएको छ ।
यो सुविधाबाट चाडपर्वको समयमा झन्झटरहित तरिकाबाट धेरै शाखा सञ्जाल भएको यस बैंकमार्फत् सजिलै रकम पठाउन तथा निकाल्न सकिनुका साथै ग्राहकहरुले उच्चतम लाभ लिन सक्ने बैंकको विश्वास रहेको छ ।