काठमाडौं। विश्वको दोस्रो सर्वाधिक विक्रि हुनेे टेलिभिजन ब्राण्ड टिसिएल ले यस चाडपर्व २०७६ लाई लक्षित गर्दै एक आकर्षक योजना सार्वजनिक गरेको छ । 'बडा अफर थाइल्याण्डको सफर' नामक उक्त योजनामा टिसिएल ब्राण्डका उत्पादनहरु एलइडि टेलिभिजन, चेष्ट फ्रिजर, एअर कन्डिस्नर, वाटर डिस्पेन्सर र वासिङ्ग मेसिनको खरिदमा नगद छुट पाउनुका साथै भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत थाइल्याण्ड प्याकेज जित्ने सुर्वण अवसर प्राप्त गर्न सक्ने जनाएको छ ।
यो योजना नेपाल अधिराज्यभर भाद्र १९, देखि सिमित अवधिको लागि मात्र लागुहुने कम्पनीले जनाएको छ । यो योजना नेपालभर रहेका टिसिएल आउट्लेटहरुमा उपलव्ध हुनेछ । यस चाडपर्वलाई अझ भव्य रुपमा मनाउनको लागि टिसिएलले यो योजना बजारमा ल्याएको बताएको छ ।