काठमाडौं। पशुपति पेन्ट्सले ‘महापर्वको रङ्गोत्सव’ योजना पुन सञ्चालनमा ल्याएको छ । अघिल्लो पटकजस्तै यो पटक पनि कम्पनीले चाडपर्वको अवसरमा उक्त योजना ल्याएको जनाएको छ । यस योजना अन्तर्गत उपभोक्ताहरुले ५० हजार बराबरको पेन्ट्स खरिद गर्दा लक्की ड्र कुपन मार्फत् सुन र चाँदीको उपहार जित्न सक्ने कम्पनीले जनाएको छ ।
यस योजनाको अन्तिममा लक्की ड्र मार्फत ४ जनाले तेश्रो पुरस्कारको रुपमा २ सय ग्राम चाँदी, ४ जनाले दोश्रो पुरस्कारको रुपमा ५ ग्राम सुन र ४ जनाले पहिलो पुरस्कारको रुपमा १० ग्राम सुन जित्न सक्ने बताएको छ । बम्पर उपहारमा एक जनाले २० ग्राम सुन जित्ने छन्। साथै एक लाख बराबरको पेन्ट्स खरिद गर्दा उपभोक्ताले पक्का पुरस्कारको रुपमा एउटा भित्ते घडी प्राप्त गर्न सक्नेछन्।