arrow

नेविसंघको अध्यक्ष बन्न को को छन् दौडमा

logo
प्रकाशित २०७२ चैत २० शनिबार
NSU-president-canditate-name.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले ६ महिना भित्रमा भातृ संगठनहरुको अधिवेशन गर्ने निर्णय गरेपछि नेपाल विद्यार्थी संघको नेतृत्वका लागि विद्यार्थी नेताहरु दौडधुपमा लागेका छन्। एक दशक देखि हुन नसकेको नेविसंघको महाधिवेशन कहिले होला भन्ने निश्चीत नभएपनि विद्यार्थी नेताहरु आन्तरिक दौडधुपमा लागेका हुन्। 
 
पार्टीले महाधिवेशनको मिति तोकेसँगै नेताहरु सक्रिय हुन थालेपछि नेतृत्वका लागि विद्यार्थी नेताहरुका विचमै ध्रविकरण पनि हुन थालेको छ। पार्टी सभापतिमा शेरबहादुर देउवाले जितेपछि देउवा पक्षका नेताहरु नै बढी सक्रिय भएकाले उनीहरुकै विचमा ध्रुविकरण सतहमा आएको छ। नयाँ नेतृत्वको लागि अहिले विभिन्न आकाँक्षीहरुको आकाँक्षा सतहमा आउन थालेको छ। 
 
नयाँ अध्यक्ष बन्नका लागि लामो समयदेखि विद्यार्थी राजनितिमा सक्रिय देउवा पक्षका विद्यार्थी नेता जीतजंग बस्नेत, नेविसंघकै पुर्व उपाध्यक्ष नैनसिंह महर अगाडी देखिएका छन्। देउवा पक्षबाट त्रिचन्द्र क्याम्पसका पुर्व स्ववियु सभापति सरोज थापा, शंकरदेव क्याम्पसका पुर्व स्ववियु सभापति शुभराम बस्नेत पनि मैदानमा छन। थापाले देउवा पक्षको आफू आधिकारीक उमेद्वार बन्ने दावी गरिरहेका छन्। 
 
त्यसैगरी काँग्रेस नेता रामचन्द्र पौडेल निकट रहेका नेविसंघका पुर्वमहामन्त्री मनोजमणी आचार्य, नेविसंघका प्रभावशाली नेता कुन्दनराज काफ्ले, पुर्वप्रवक्ता रामप्रसाद अधिकारी, भद्र र अध्ययनशील मानिने नेता युवराज पाण्डे, त्रिचन्द्र क्याम्पसकै पूर्व अध्यक्ष दिपक भट्टराई, सक्रिय विद्यार्थी नेता निलकण्ठ रिजाल पनि नेविसंघको अध्यक्षका लागि दावी गर्दै दौडधुपमा लागेका छन्। काफ्ले पार्टीका नेता कृष्ण प्रसाद सिटौलासँग पनि नजिक मानिन्छन। 
 
वहालवाला अध्यक्ष रन्जीत कर्णले महाधिवेशन गर्न पटकपटक प्रयास गरेपनि सकेका छैनन। अब पनि महाधिवेशन गर्न उनले नसकेमा उनको विकल्पको खोजि हुने पक्का छ। यो अवस्थामा पार्टी सभापति देउवाको रोजाइमा परेका तथा विद्यार्थी नेताहरु मध्ये जिम्मेवार मानिएका जितजंग बस्नेतलाई महाधिवेशन गर्ने जिम्मेवारी पर्न सक्छ।  
 
बस्नेतलाई अध्यक्ष बनाए भने कम्तिमा ६ महिनासम्म उनले अध्यक्ष चलाएर महाधिवेशन गराउन सक्छन। त्यो अवस्थामा सबै विवादहरुलाई टुङग्याएर महाधिवेशन गर्ने र पार्टीले पनि त्यसका लागि सहयोग गर्न सक्छ। त्यो अवस्थामा देउवा पक्षका अध्यक्षका प्रत्यासी नैनसिंह महर लगायतहरु आगामी महाधिवेशनका लागि प्रतिष्पर्धामा जानुभन्दा अरु विकल्प छैन।  
 
२०६८ असोजमा प्रदीप पौडेल नेतृत्वको केन्द्रीय समिति विघटन गरेर कर्णलाई ६ महिना भित्रमा अधिवेशन गराउने जिम्मा दिईएको थियो। कर्णले जिम्मेवारी पाएको पाँच बर्ष लाग्न थाल्दा पनि महाधिवेशन गराउन नसकेकाले उनीसँग देउवा सन्तुष्ट छैनन। २०७१ साल कात्तिक ३० देखि मङ्सिर २ गतेसम्मका लागि तोकिएको महाधिवेशन कात्तिक २७ गते स्थगित भएको थियो। नेविसंघको ११ औं महाधिवेशन सातौ पटक स्थगित भएर अहिले फेरी हुने चर्चा सुरु भएपछि धेरैले आफ्नो तयारी पनि थालेका छन्। 
 
विद्यार्थी नेताहरु निर्वाचनको तयारीमा लागेपनि पार्टी भने नेविसंघको महाधिवेशनलाई कसरी अगाडी बढाउने भन्ने निर्णयमा पुगेको छैन्। केही क्याम्पस तथा जिल्लाहरुमा अझै पनि विवाद रहेकाले त्यसलाई मिलाएर महाधिवेशन गर्नु निकै गाह्रो रहेको नेताहरु बताउँछन्। ४० जिल्लाको मात्र प्रतिनिधि चयन भएको र धेरै ठाउँमा विवाद रहेकोले कर्ण नेतृत्वकै समितिले महाधिवेशन गराउन सक्नेमा उनीहरुले आशंका गरेका छन्।  
 
महाविधेशन गराउने नै हो भने पार्टीको महाधिवेशनका लागि गठन गरिएको केन्द्रीय निर्वाचन समिति जस्तै समिति गठन गरेर मात्रै संभव हुने नेविसंघका नेताहरु बताउछन्। निर्वाचन समितिले आचार संहिता र मापदण्ड बनाएर विवादित जिल्ला तथा क्याम्पसहरुको अधिवेशन बारेमा निर्णय गरे मात्रै महाधिवेशन हुने उनीहरुको विश्वास छ। 
 
नेविसंघ महाधिवेशनले अध्यक्ष, पाँच उपाध्यक्ष, दुई महामन्त्री, पाँच सहमहामन्त्री, एक कोषाध्यक्ष सहित १ सय १ सदस्यीय केन्द्रीय कार्य समिति चयन गर्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ