पाकिस्तानका पूर्व विधायक वलदेब सिंह किन पुगे भारतमा शरण लिन?
प्रकाशित २०७६ भदौ २४ मंगलबार
569
Shares
काठमाडौं। पाकिस्तानका एक पूर्व विधायक बलदेव सिंह भारतमा शरणका लागि पुगेका छन्। पाकिस्तानमा अल्पसंख्यक हिन्दु र शिख समुदायमाथि वढ्दो हिंसा र ज्यादतीबाट पिडित पूर्व विधायक समेत रहेका सिंहले भारतको पंजावमा आएर शरण मागेका हुन्।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानको पार्टी तहरीक ए इन्साफबाट पूर्व विधायक समेत रहेका सिंहले भारतमा आइपुगेपछि भारतीय प्रधानमन्त्रीलाई पाकिस्तानमा रहेका अल्पसंख्यक हिन्दु र सिखहरुका लागि प्याकेजको कार्यक्रम ल्याउन आग्रह गरेका छन्।
आफू भारतमा शरण लिनु अघि नै उनले आफ्नो परिवारलाई भारत पठाएका थिए। सिंहले पनि भारतको पंजावमा आइपुगेपछि पाकिस्तानमा कसरी अल्पसंख्यक हिन्दु र सिखहरुमाथि ज्यादती भइरहेको छ भनेर खुलासा गरेका छन्।
सिंहले अल्पसंख्यक हिन्दु र सिखहरुका छोरीहरुलाई कसरी अपहरण गरि जवर्जस्ती धर्म परिवर्तन गराई मुस्लिम समुदायका केटाहरुसँग कसरी जवर्जस्ती गराइन्छ भनेर समेत बताएका छन्। उनले पाकिस्तानमा कसरी जवर्जस्ती धर्म परिवर्तन गराइन्छ भनेर समेत सिलसिलेवार बताएका छन्।
सिंहले पाकिस्तानमा मुस्लिम समुदाय पनि पिडित रहेको बताए। वलुचिस्तान, पख्तुन लगायतका क्षेत्रमा मुस्लिम समुदायमाथि पनि ज्यादती भइरहेको सिंहले बताए। उनले मानवअधिकारको गम्भिर उलंघन गर्ने पाकिस्तानले जम्मु कश्मिर क्षेत्रमा मानवअधिकारको प्रश्न उठाउनु हास्यास्पद रहेको समेत बताए।
कट्टर समाजको रुपमा विकसित हुँदै गरेको पाकिस्तान धार्मिक अल्पसंख्यकहरुको लागि बस्न लायक नभएको समेत उनले बताए। धार्मिक अल्पसंख्यकहरुको मानवअधिकारको समेत पाकिस्तानमा उल्लैघन हुने गरेको उनले बताए।