एनआइसी एशियाको 'सुपर चमत्कारी विद्यार्थी बचत योजना' सार्वजनिक
प्रकाशित २०७६ भदौ २५ बुधबार
776
Shares
काठमाडौं । एनआइसी एशिया बैंंकले सुपर चमत्कारी विद्यार्थी बचत खाता सर्वजनिक गरेको छ। यस खातामा बैंकले विद्यार्थीहरुको ज्ञान र वित्तीय क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्यका साथ यो योजना ल्याएको बैंकले जनाएको छ ।
यस बचत खातामा खातावाला विद्यार्थीहरुले शैक्षिक सञ्काय अनुसारको १५ लाखसम्मको कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । योजनामा सहभागी हुनका लागि १८ वर्ष उमेर समूहमाथिका एनआइसी एशियाका खातावाला विद्यार्थीले पाउनेछन्। यस खातामा मासिक ६.५० प्रतिशत ब्याजदरमा १५ लाख रुपैयाँ कर्जा पाउनेछन् ।