६० लाखसम्मको दुर्घटना बिमा सहित एनआईसी एशियाको 'सुपर चमत्कारीक तलव बचत खाता'
प्रकाशित २०७६ भदौ २५ बुधबार
598
Shares
काठमाडौं । एनआईसी एशिया बैंकले कर्मचारीलाई लक्षित गरेर 'सुपर चमत्कारीक तलव बचत खाता' योजना ल्याएको छ । कर्मचारीहरुको मासिक तलब बचत गर्नका लागि उत्प्रेरित गर्ने उद्देश्यका साथ बैंकले तलब खाता सञ्चालनमा ल्याएको जनाएको छ ।यस योजनामा 'सुपर चमत्कारीक तलव बचत खाता' शून्य मौज्दातमा खोल्न सकिने बैंकले जनाएको छ । उक्त बचत खातामा ६.५० प्रतिशत ब्याजदर प्राप्त गर्न साकिने बैंकले बताएको छ । कम्तीमा पनि ५ जना कर्मचारी कार्यरत संस्था वा कम्पनीले यो योजनामा सहभागी हुन सक्नेछन्।
यस खातामा कर्मचारीलाई निःशुल्क इन्टरनेट बैंकिङ्ग,मोबाईल बैकिङ्ग, डेबिट तथा क्रेडिट कार्डको पहिलो वर्षका लागि निःशुल्क साथै डीम्याट खाता समेत निःशुल्क खोल्न सकिने छ । त्यसैगरी यो योजनामा इ–आस्वा र लकरको सुविधा पनि लिन सक्नेछन् ।
तलब खाता खोल्दा इन्स्योरेन्स सुविधा
एनआईसी एशिया बैंकले 'सुपर चमत्कारीक तलव बचत खाता'खोल्ने आफ्ना ग्राहकलाई इन्स्योरेन्सको सुविधा पनि प्रदान गग्ने जनाएको छ । जसअनुसार ग्राहकले दुर्घटना बिमा अन्तर्गत ६० लाखसम्मको बिमा सेवा प्राप्त गर्न सक्नेछन्। । दुर्घटना बिमा अन्तर्गत बिमितको सम्पूर्ण परिवारको लागि ६० लाख सम्मको बिमा सेवा प्रदान गर्नुका साथै गम्भिर प्रकारको विरामी भएमा दम्पतीलाई २० लाख सम्मको बिमा सेवा दिने बैंकले बताएको छ ।