- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपाल कम्युनिष्ट पार्टीको दुइतिहाइको सरकारले जव राष्ट्रिय गानलाई मसानघाटमा पुर्यायो त्यो घटना र दृश्यले सबैभन्दा दुःखि बनाएछ शताव्दी पुरुष सत्यमोहन जोशीलाई । उनी राष्ट्रिय गान छनोट समितिका संयोजक हुन । त्यसबेला हज्जारौं मध्येबाट ‘सयौं थुँगा...’ भन्ने यो गीतलाई छानेका थिए उनले । उनको बुझाइमा यतिखेर सरकारले त्यसलाई मसान घाटमा पुर्यायो । उनको प्रतिकृया आयो –राष्ट्रसँग सम्बन्धित समारोहमा मात्र राष्ट्रिय गान गाउनु सान्दर्भिक हुन्छ । मान्छेका जन्मदेखि मृत्यु संस्कार, बिहे भोज, व्रतबन्ध, पास्नी जहाँसुकै बजाउन मिल्दैन । त्यो भनेका राष्ट्रगानके अपमान हो ।
दुइ हप्ता अघि (१३ भदौ) देखि पशुपति मन्दिर परिसरमा साँझको आरती सुरु हुनुअघि राष्ट्रिय गान बजाउनुपर्ने नयाँ नियम लागु गर्यो सरकारले । यसले विज्ञहरुलाईमात्र होइन विभिन्न जातजाति, धर्म सम्प्रदाय र सबै वर्गका नागरिकलाई अचम्मित बनाइइदियो । मसानघाटमा राष्ट्र गान गाउने भन्ने कुरा अचम्म लाग्दो हुनेनै भयो । राजधानी बाहिरका नागरिकले त पत्याएनन पनि । तर यो वास्तविक थियो ।
यो एउटा विषयमा सामाजिक सञ्जाललाई जनमतको प्रारम्भिक आधार मान्ने हो भने सरकारले रचेको सामाजिक क्षेत्रको यो एउटा ठूलो व्यग्य हो आजका सचेत नागरिक सामु । त्यसका दुइ नमूनामात्र हेरियो भनेपनि पुग्ला ।
वरिष्ठ पत्रकार किशोर नेपालले ट्वीट गरे –'सयौं थुंगा फूलका हामी एउटै माला नेपालीको मान बढाएछन योगेश मन्त्रीजीले । फिल्म हलमा राष्ट्रीय गान, भजन–कीर्तन अघि राष्ट्रीय गान । अब जन्ती जाँदा र लास उठाउँदा पनि राष्ट्रीय गानको नियम लगाए राष्ट्रीयता कति सुदृढ हुने थियो !'
बेनाम नामका एकअर्काले लेखे ‘पारि किनारमा राखिएको लासलाई श्रद्धाञ्जली र शोकाकुललाई समवेदना । त्यो वातावरणमा ‘सयौं थुँगा...’ राष्ट्रगानको यो जस्तो दुरुपयोग अरू के हो । राष्ट्रिय गानलाई नाचगान बनाउन खोजिँदै छ ।’
सरकारले आगामी संविधान दिवस (असोज ३) देखि चलचित्र हलमा चलचित्र र तत्कालै लागू हुने गरी पशुपति मन्दिर परिसरमा साँझको आरती सुरु हुनुअघि राष्ट्रिय गान बजाउनैपर्ने र राष्ट्रिय झन्डा फहराउनुपर्ने निर्णय गरेपछि आएका प्रतिकृयाहरु मध्ये यास्तो कामलाई स्वागत गरेका एउटा पनि देखिएन । सवैले पञ्चायती राजको झल्को भनेर टिप्पणी गरे । पछिल्लो समय संविधान दिवस मनाउन जस्तो उर्दी जारी भयो ती सबैले पनि नेकपाको सरकार पत्तचायतको अनुकरणमा लागैको भनी आरोप लगाएका पाइयो सामाजिक सञ्जाल र प्रत्यक्ष भेटघाटका समयमा ।
१० दिन नटिकेको निर्देशन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले १३ भदौदेखि पशुपति मन्दिर परिसरमा रहेको यो मसानघाट (आर्यघाट) को अर्को किनारामा प्रत्येक दिन साँझ हुने आरती अगाडि अनिवार्यरुपले राष्ट्रिय गीत बजाउन र राष्ट्रिय झण्डा फहराउन कडा निर्देशन दिएका थिए । सो अनुसार १० दिन (भदौ २२) सम्म त्यस्तै भयो । एघारौं दिन आरती व्यवस्थापन समितिले धेरै नै नरमाइलो लागेपछि मन्त्रीको आदेश नै अवज्ञा गरेर हाललाई रोकियो । तर दुःखदपक्ष के भने यस्तो सम्वेदशनशील ठाउँमा सरकारले यस्तो रमिता गर्न किन खोजेको होला भन्ने प्रश्नचाहिँ आमतहमा सधैँका लागि नै कमायम भयो ।
मन्त्रीमा नियुक्त हुनासाथ योगेश भट्टराइले भनेका थिए ‘जुन दिन असफल हुन्छु त्यसैदिन पद छाडछु।’ मसानघाटमा राष्ट्रिय गान बजाउने र राष्ट्रिय झण्डा फहराउने निर्णय उनको एक्लो हो । भदौ १३ मा यस्तो काम थालियो र भदौ २३ मा रोकियो । विवरणले त यसै भन्छन । यो काम सुरु गर्दा प्रयोगको कुरा थिएन । जव ठूलो जनदवाव परेर निर्णय फिर्ता लिनपर्यो त्यसपछिमात्र प्रयोग गरिएिको भन्न थालिएको हो । जगले नै देख्यो बुझ्यो, यो ठाउँमा यी मन्त्री पूर्णरुपले असफल भए । त्यसो हो भने अव उनले आफैले भने अनुसार छाडने कि नछाडने ? उत्तर उनैबाट आउला ।
यो निर्देशन तुरुन्त लागु गर्नुभन्दै उनले यसको औचित्य यसरी स्थापित गर्न खोजेका थिए त्यसबेला – नजिकै घाटमा शवहरु जलिरहेका बेला छेवैमा राष्ट्रिय गान किन गाउनुपर्यो भन्ने प्रश्न नाजायज होइन । सम्झौं, राष्ट्रिय गान नगाउँदा पनि त्यहाँ आरती भइरहेको थियो । तलतिर शव पनि जलिरहेकै हुन्थ्यो । आरती एक प्रकारले उत्सव नै हो । त्यसैले आरतीको पार्ट अलग हो, तलको दुःख अलग्लै पार्ट हो । दुबैलाई एक ठाउँमा राखेर हेर्न भएन । यो विषय त्यसै उछालियो, पत्रकारले त्यसैठूलो विषय बनाइदिए । अव यसलाई ठूलो बहस र छलफलको विषय बनाइराख्न जरुरी छैन । अभ्यास गरेर हेरौं, प्रतिक्रियाहरु पनि हेरौं । त्यसपछि पनि उपयुक्त निर्णय गर्न सक्छौं । यो निर्णय त्यसै भएको होइन । केही जानकारहरुलाई प्रचलन के छ भनेर सोध्दा अधिकांशले स्वाभाविक हो, गर्न सकिन्छ, यसमा आपत्ति गर्न जरुरी छैन । पशुपतिमा हुँदै आएको आरती धेरै आकर्षक हुने गरेको छ । त्यसलाई हेर्न मात्र हजारौं मानिस पुग्ने गरेकाछन । त्यस्तो ठाउँमा राष्ट्रिय गान बजाएर आरती सुरु गर्नु उपयुक्त हुन्छ भन्ने नै मेरो विश्लेषण हो ।’
लास अगाडी कस्तो उत्सव
कुनैपनि साधारणभन्दा साधारण मानिसको पनि बुझाइ हुन्छ पार्थिव शरिरका छेउछाउमा कुनै उत्सव–महोत्सव मनाइँदैन, एकदमै दूर्लभ अपवाद बाहेक । यो घाटमा पुर्याइसकेको कुनै पनि मृतशरिरलाई ब्रह्मनालमा सुताइन्छ नै । हो, ठीक यसको पारिपट्टी हो यी मन्त्रीले उर्दी गरेको राष्ट्रिय गानाबजाउने र झण्डा फहराउने ठाउँ । यही ब्रह्नाल हो जहाँ लडाइएको शव देखेर मान्छे बढी भावुक हुन्छन र आफन्तहरुको पनि बढी रुवाबासी चल्छ । त्यो १३ गते देखि यो २३ गते अघिसम्म हरेक मान्छे यी मन्त्रीसामू एउटा प्रश्न गरिरहेका पाइयो – के यो ठाउँमा यी मन्त्री आजसम्म कहिल्यै आएका रहेनछन ?
पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव गोविन्द टण्डन यो ठाउको बारे यसरी अझ प्रष्ट पार्छन – ‘साँझको आरती गर्ने ठाउँको तल्लोपट्टि अर्धजल दिने ठाउँ छ । त्यसैको पारिपट्टि घाट छ । कुनै पनि मानिस जीवनको अन्तिम अवस्थामा पुगेको छ भने गोडा बाग्मती नदीमा डुवाएर मुखमा पशुपतिको जल खुवाउन अर्धजल दिने ठाउँमा राखिन्छ । त्यसैको पारि एक र दुई नम्बरको घाट छ । कुनै व्यक्ति जीवनको अन्तिम क्षणमा भएका बेला होस् वा चितामा जलिरहेको अवस्थामा होस , आफन्तजन शोकाकुल अवस्थामा हुन्छन, त्यहीबेला आरती गर्नुपूर्वको राष्ट्रिय गान बज्यो भनेर के गर्ने ? राष्ट्रिय गान बजेका बेला सबैजना उभिएर दायाँ हात देब्रे छातीमा राखेर राष्ट्रप्रति सम्मान प्रकट गर्ने गरिन्छ । राष्ट्रिय गान बजेपछि अब ती मानिसहरु रुन छोडेर उभिन सक्छन् ?’
आफुलाइ अरुभन्दा बेग्लै र उनकै भनाइबाट झल्कने खालको उम्दाभनी चिनाउने यी मन्त्रीले यस्तो निर्णय गर्नु अघि आफन्त वितेर शोकाकुल रहेका परिवारजनालाई यस्तो कष्ट दिने कि नदिने भनी एकपट सोचेका मात्र भए यस्तो निर्णय हुने थिएन होला । यसले के देखायो भने यी मन्त्री पनि मानवीयताको लेस सम्मपनि नरहेकामा नै परे यो घटनादेखि आम नागरिकका नजरमा ।
अधिनमा रहेको जनाउ
यो कुनै एक मन्त्री भन्दा पनि यो घटना यति खेरको सत्तारुढ पक्षको वा भनो नेकपाको सोच भन्छन विज्ञहरु । मानवशास्त्री सुरेश ढकालका अनुसार राज्यसत्ताले आफू कमजोर भएका बेला मात्र नागरिकलाई आफूप्रति बफादार रहेको देखाउन यस्ता हतकण्डा गर्ने गर्छन । राष्ट्र र नागरिकबीचको सम्बन्ध अन्योल भएका बेला हो यसो गरिने । नागरिहरु एकदमै कमजोर छन र हामलिे जेगदाृकवपपनहन्छ भन्ने मान्यतामा र नागरिक आफना अधीनमा छौ भनेर बल प्रयोग गरेजस्तो अवस्था हो यो ।
मन्त्रीको कार्यविधि
राज्यका हरेक कुराहरु कार्यविधि मार्फत तय भएका हुन्छ । त्यसैमा पर्छन राष्ट्रिय गान, राष्ट्रिय झण्डा, राष्ट्रिय सम्मान राष्ट्रिय उत्सव आदि । मन्त्रीलेनै भने पशुपतिको आरती पनि राष्ट्रिय उत्सव हो । तर कार्यविधिमा यो कुरा कतै लेखिएको छैन । पशुपति नाथ नेपालकिा आराध्य देव हुन तर योकुरा संीवधामा लेखिएको होइन । मान्छेका आस्थाले त्यस्तो मानेको हो । त्यसकारण त्यहाँ हुने पूजाआजाका आप्mनै आस्थागत मूल्य र मान्यता छन । त्यसलाई कसैले राष्ट्रिय मानेर त्यो राष्ट्रिय हुने र नमानेर नहुने होइन । कार्यविधि अनुसार कुनै पनि राष्ट्रिय उत्सव वा विभिन्न औपचारिक कार्यक्रम तथा फौजी प्रकृतिका सामेली, सैन्य सम्मान, खेलकुद समारोह र विद्यालय प्रार्थनामा राष्ट्रिय गान गाउनुपर्ने व्यवस्था छ । त्यसकारण पशुपतिनाथको आरतीमा यस्तो व्यवस्थागर्न मन्त्रीआफुले बनाएको कार्यविधि मात्र होला जो आफुमा बाहेक अरुमा लागु हुँदैन । अर्को उनलाई लहडमा एक्लो निर्णयबाट यस्तो मनपरी प्रकारका कार्यविधि बनाउने अधिकार पनि छैन राष्ट्रियमहत्वका विषयमा ।
राष्ट्रिय गानको अर्थ
यी युवामन्त्रीले यस्तो बहुलठ्ठी मानिएको यस्तो निर्णय गर्नु अघि राष्ट्रगानको अर्थ हेरेका मात्र भएपनि यो स्थिति आउने वा यस्तो गल्ती हुने थिएन होला । त्यसकारण पनि मन्त्रीहरु आफुलाई कसरी सर्वज्ञानी मान्दारहेछन भन्ने यो एउटा उदाहरण हुनु पर्छ । पुराना मन्त्रीहरुले यस्ता धेरै उदाहरण कायम गरिसकेका थिए त्यसमा आफनो कार्यकालको एकमहिना पुग्दानपुग्दै नयाँ मन्त्रीपनि त्यही पंक्तिमा आइपुगे । नेपाली बृहत् शब्दकोशमा ‘राष्ट्र’ भन्नाले जनता, सरकार तथा सार्वभौमसत्ता सम्पन्न भएको कुनै देश, मुलुक भन्ने उल्लेख छ । ‘राष्ट्रिय गान’ भन्नाले ‘राष्ट्रले मान्यता दिएको गाना, राष्ट्रको गान, राष्ट्रिय गीत भनिएको छ । ‘राष्ट्रिय गीत’ भन्नाले ‘आफ्नो राष्ट्रप्रति सबै जनताको असीम श्रद्धा र भक्ति जगाउन कुनै राष्ट्रिय उत्सव वा सामूहिक समारोहमा गाइने, राष्ट्रको वा राष्ट्रका प्रतीकको गुणगाथाले भरिएको गीत, राष्ट्रिय गान’ उल्लेख गरिएको छ । यो शव्दार्थले मसानघाटमा गाउने गीत भनी कतै लेखेको देखिदैन ।
गीत गाइने तरिका
राज्यले आधिारिक रुपमा तोकेको राीष्ट्रय गान कुनै पनि सार्वजनिक समारोहमा सर्वसाधारण सामूहिक रूपमा एकसाथ उभिएर, दायाँ हात देब्रे छाती अर्थात् मुटुमाथि हातको पञ्जा राखेर, संगीतबद्ध वा बिनासंगीत आवाज निकालेर राष्ट्रप्रतिको सम्मान भाव जगाउने गरी राष्ट्रिय गान गाइन्छ । त्यही राष्ट्रिय गान गाउँदा बर्दीधारी प्रहरी र सैनिकले सतर्क आसनमा उभिएर सलाम गर्छन् ।
आर्यघाटमा जवर्जस्ती गाउन लगाउन थालिएको राष्ट्र गानका सन्दर्भमा माथि उल्लेख भएको यो विधि अर्थात ‘सामूहिक रूपमा एकसाथ उभिएर, दायाँ हात देब्रे छाती अर्थात् मुटुमाथि हातको पञ्जा राखेर, संगीतबद्ध वा बिनासंगीत आवाज निकालेर राष्ट्रप्रतिको सम्मान भाव जगाउने गरी राष्ट्रिय गान गाउन’ सकिन्छ त्यस्तो शोकको बेलामा । उताराष्टगान बजीरहने र यतामान्छे क्वाँक्वाँ रोइरहेका दृश्य एकैचोटी प्रकट भए भने त्यो अवस्थाको शव्दबाट वर्णन नहोला । तर गएको नौ दिनसमम त्यस्तै भयो । कामनागरौं फेरी यस्तो वीभत्ष झल्काउने काम सरकारका कसैले नगरुन ।