arrow

१५ महिनादेखि बन्द मलेसिया रोजगारी खुल्यो, राष्ट्रले बेकारमा गुमायो ३ खर्ब बढी

logo
प्रकाशित २०७६ भदौ २६ बिहिबार
malaysia-labor.jpg

काठमाडौं। १५ महिनादेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने भएको छ। नेपाल र मलेसियाको संयुक्त प्राविधिक टोलीबीच मंगलबार र बुधबार भएको वार्ता निष्कर्षमा पुग्न नसके पनि बिहीबार भएको वार्तापछि कामदार पठाउने बिषयमा सहमति भएको हो। संभवतः आजै सम्झौता सार्वजनिक भएपछि कामदार पठाउने बाटो खुल्ला हुनेछ।

२०७५ जेठ २ मा भिसा प्रक्रियादेखि स्वास्थ्य परीक्षणमा बढी शुल्क लिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियामा कामदार पठाउन रोकेको थियो। मलेसियामा बार्षिक १ लाख ५० हजार कामदार जाने गरेका थिए। ती कामदारबाट देशमा बार्षिक ३ खर्ब रेमिट्यान्स भित्रिने गरेको थियो।

कामदार पठाउन रोक लगाएपछि नेपाल र मलेसियाबीच २०७५ कात्तिक १२ मा श्रम सम्झौता भएको थियो। त्यो सम्झौता लगत्तै कामदार पठाउने भनिए पनि नेपालले भीएलएन, बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुको ‘भेन्डर’ परवर्तनको कुरा उठाएका कारण रोकिएको थियो। मलेसिया पहिला काम गरिरहेकै संस्थाबाट पठाउने अडानमा रह्यो भने नेपालका श्रम मन्त्री गोकर्ण बिष्ट ठगीमा मुद्दा परेका कम्पनीबाट पठाउन नसकिने भनिरहे।

यसबीचमा मेडिकल गर्ने थप स्वास्थ्य संस्था थप गर्न मलेसियासँग सहमति भएको भन्दै ८० वटा भन्दा बढी स्वास्थ्य संस्था छानियो। ती संस्थालाई ६० देखि ७० लाखको उपकरण खरिद गर्न लगाइयो। तर मलेसियाले स्वास्थ्य संंस्था तत्काल थप गर्न नसकिने अडान राख्यो। मलेसियाले आगामी नोभेम्बरमा स्वास्थ्य संस्था निरीक्षण गर्ने आश्वासन दिएर नेपालका मन्त्री बिष्टको मान राखिदिएको छ। बुधबारको वार्तामा नेपाली पक्षले स्वास्थ्य संस्था थप गर्ने बिषय राखेपछि मलेसियाले तत्काल थप गर्न नसकिने कुरा उठाएपछि नेपाली पक्ष गल्न पुगेको थियो। बिहीबारका लागि सारिएको वार्तामा स्वास्थ्य संस्था थपघट गर्न सकिने बुँदा राखेर सम्झौता भएको छ। त्यसका लागि मलेसियाको टोली निरीक्षणमा आउने भनिएको छ।

स्वास्थ्य संस्था थपघट गर्न सकिने भन्ने कुरा राखिएकै भरमा नेपालले सम्झौता गर्न पुगेको छ। श्रम मन्त्री बिष्टले सिन्डिकेट लादेको भनेर मुद्दा चलाएका भीएलएन जस्ता संस्थाले मुद्दा जितिसकेका छन्। कतिपयको मुद्दा विचाराधीन छ। पीडितको उजुरी नपरेकाले ठगी मुद्दाको प्रमाण अभावमा अदालतबाट मुद्दा जितिसकेकाले मन्त्री बिष्टलाई नैतिक प्रश्न भने तेर्सिएको छ। जुन कारण देखाएर मलेसिय रोजगारी बन्द गरिएको थियो, त्यो पुष्टी हुन नसकेकाले उनीमाथि नैतिक संकट खडा भएको हो। उनको इगोले गर्दा देशले १५ महिनामा करिब साढे ३ खर्ब रेमिट्यान्स गुमाउन पुगेको छ।

यो पनि पढ्नुस् :

मलेसिया रोजगारी खुलाउने वार्ता आज पनि निष्कर्षबिहीन

१६ महिनासम्म मलेसिया रोजगारी खुलेन, कम्युनिष्ट सरकारको नालायकीले गुम्यो साढे ३ खर्ब

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ