arrow

कच्चा तेलको मूल्य उच्च विन्दुमा, विश्वमै असर

logo
प्रकाशित २०७६ भदौ ३० सोमबार
aramco.jpg

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्च विन्दुमा पुगेको छ । शनिबार साउदी अरेबियामा दुईवटा तेल प्रसोधन केन्द्रमा आक्रमण भएपछि कच्चा तेलको मूल्य पछिल्लो चार महिना यताकै उच्च रुपमा वृद्धि भएको हो ।

आपूर्ति कटौती भएसँगै ब्रेन्ट क्रुडमा इन्धनको मूल्य १९ प्रतिशतले बढेर प्रतिब्यारेल ७१.९६ अमेरिकी डलर पुगेको बीबीसीले उल्लेख गरेको छ ।

यस्तै वेस्ट टेक्सास इन्टरमिडियेटमा १५ प्रतिशतले बढेर ६३.३४ अमेरिकी डलर पुगेको छ । यसले विश्वमै असर पर्ने देखिएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा रहेको मौज्दात इन्धन निकासीका लागि स्वीकृति दिएपछि मूल्य केही कम हुने आशा भने गरिएको छ ।

उत्पादन कटौती भएको साउदी अरेबियाको तेल प्रसोधन केन्द्रबाट पूर्ण क्षमतामा उत्पादन हुन अझै केही दिन लाग्ने बताइएको छ ।

विश्वव्यापी आपूर्तिमा ५ प्रतिशतले घटेपछि तनाव भइरहेको छ । साउदीका दुईवटा तेल प्रसोधन केन्द्रमा आक्रमण भएपछि शनिबारदेखि हरेक दिन ५.७ मिलियन ब्यारल कटौती गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ