arrow

इमरान खानलाई हिन्दू सांसदले सोधे – कहिलेसम्म हिन्दूले लाश उठाइरहन्छन् ?

logo
प्रकाशित २०७६ असोज २ बिहिबार
imran-khan-PM.jpg

काठमाडौं । पाकिस्तानमा हिन्दूहरुले पीडा खेपिरहेको अवस्थामा हिन्दू सांसदले संसद बैठकमै प्रधानमन्त्री इमरान खानमाथि गम्भीर प्रश्न खडा गरेका छन् । 

पाकिस्तानमा अल्पसंख्यकहरुमाथि अपहरण, हत्या, दुस्कर्मसंगै धर्मान्तरणजस्ता गलत कामहरु भइरहेको सन्दर्भमा एक हिन्दू सांसदले संसदमा प्रश्न उठाएका हुन् । 

पाकिस्तान मुस्लिम लिग नवाजका सांसद खली दास कोहिस्तानीले संसदमा भने, ‘बिगत चार महिनामा २५ देखि ३० हिन्दू युवतीको अपहरण भयो । उनीहरु कहिल्यै फर्केनन् । यो अत्याचार कहिलेसम्म जारी रहने हो ? हिन्दूहरु कहिलेसम्म लाश उठाइरहन्छन् ? कहिलेसम्म मंन्दिर जलाइन्छन् ?’

सिन्धका अल्पसंख्यक शाखाका प्रमुखसमेत रहेका कोहिस्तानीले यस्ता घटनाहरु केबल सिन्धको घोटकी र उमरकोटमा सबैभन्दा बढी किन भइरहेका छन् ? भन्दै प्रश्न गरे । यो आगो नरोकिए पुरै सिन्धमा फैलिने पनि उनले बताए । 

उनले सरकारको जिम्मेदारी यस्ता मानिसमाथि नियन्त्रण लिनु भएको पनि बताए । हालै सिन्धको लरकानामा एक हिन्दू मेडिकल छात्राको संदिग्ध परिस्थितिमा मृत्यु भएको थियो । छात्राका परिवारले उनको हत्या भएको दावी गरेका छन् ।  
मुसलमान बन्न नमानेपछि पाकिस्तानमा एमबीबीएस अध्ययनरत हिन्दु छात्राको हत्या



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ