अफगानिस्तानमा सुरक्षा कारबाहीमा छ तालिबान मारिए, बीस सर्वसाधारण मुक्त
सिन्ह्वा,
प्रकाशित २०७६ असोज ८ बुधबार
695
Shares
मेथार्लाम, अफगानिस्तान। अफगानिस्तानको पूर्वी भागमा रहेको लघामान प्रान्तमा यहाँको सुरक्षा बलले तालिबान लडाकूविरुद्ध गरेको कारबाहीको क्रममा छ जना लडाकू मारिएका छन्। सो कारबाहीको क्रममा तालिबानको कब्जामा रहेका २० जना अफगान सर्वसाधारण नागरिकलाई पनि मुक्त गरिएको अफगान सेनाले बुधबार जानकारी दिएको छ।
गत सोमबार शुरु गरिएको यस सुरक्षा कारबाहीमा ६ तालिबान लडाकू मारिएका र २० सर्वसाधारण मुक्त भएका बताइएको छ। यस क्रममा चार जना लडाकू घाइते हुनुको साथै अन्य दुई पक्राउ परेका सेनाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
आगामी २८ सेप्टेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनको लागि अफगानिस्तानमा सुरक्षा अवस्थालाई कडा गरिएको छ। उता तालिबान लडाकू समूहले भने यसै निर्वाचनलाई लक्ष्य गरेर थप हत्या हिंसा गरिरहेका छन्।