कश्मीरको रामबनमा चार घण्टा मुठभेड, यस्तो भयो क्षति
प्रकाशित २०७६ असोज ११ शनिबार
747
Shares
काठमाडौं । भारतको जम्मू–कश्मीरस्थित रामबन जिल्लामा भएको मुठभेडमा तीन आतंकवादी मारिएका छन् ।
पुलिसका अनुसार बटोट इलाकामा पाँच आतंकवादी रहेको खवर पाएपछि आक्रमण सुरु भएको थियो । शनिबार आतंकवादीले एक स्थानीयलाई बन्धक बनाएपछि पुलिस, सेना र सीआरपीएफले पुरै क्षेत्रमा घेराबन्दी गर्दै करिब चार घण्टामा मुठभेड गर्दै बन्धकलाई मुक्त गराएका थिए ।
जम्मूका आईजी मुकेश सिंहले बटोट बजारमा दिउँसो १ बजे सुरु भएको मुठभेड सकिएको बताउँदै तीन आतंकवादी मारिएको बताए ।
गोलीबारीमा एक सेनाको पनि मृत्यु भएको छ । दुई पुलिस घाइते भएका छन् । यसअघि सीआरपीएफका वरिष्ठ अधिकारीले बिहान केही आतंकवादीले जम्मू–किश्तवान्ड नेशनल हाइवे नजिक बस रोक्ने प्रयास गरेका थिए ।