arrow

घरघरमा फूलपाती भित्र्याउँदा के प्राप्ति हुन्छ ?

logo
प्रकाशित २०७६ असोज १८ शनिबार
Dashian-final.jpeg

काठमाडौं । हिन्दू धर्माबलम्बीहरूको मुख्य पर्व बडादशैंको सातौं दिन सप्तमी अर्थात् फूलपाती । नवरात्रको सातौं दिनलाई फूलपाती भनिन्छ । फूलपातीलाई महासप्तमी पनि भनिन्छ ।
 
नवरात्रको सप्तमीका दिन बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, सिरु ,उखु, केरा आदि नौ प्रकारका पल्लवहरू दशैं घरमा भित्र्याउने कार्यलाई फूलपाती भित्राउने भनिन्छ । 

वर्षा ऋतु सिद्धिएर शरद ऋतुको स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्राउँदा घरभित्र रहने रोग वृद्धिकारक जीवांश (भाइरस, ब्याक्टेरिया) र विभिन्न प्रकारका नकारात्मक कीटाणु र जीवाणुहरू औषधीय पालुवाको प्रभावले घरमा रहन सक्दैनन् ।
 
यस दिन सदर टुँडिखेलमा बढाइँ भएपछि फूलपाती स्वरूप केरा, दाडिम, धान, हलेदो,  बेल, अशोक, जयन्ती लगायतका यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ ।
 
यी नौ पातमा क्रमशः ब्रह्माणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालीका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरी आव्हान गरेर पुजिन्छ । 

यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ । किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ