arrow

बालगृहमा उर्लाबारीका मेयर फागोले मनाए दशैं, खुशी भए बालबालिका 

logo
प्रकाशित २०७६ असोज २१ मंगलबार
mayor-tika.jpg

उर्लाबारी । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले मोरङको उर्लाबारीमा अवस्थित नमुना बाल गृहका आश्रित बालबालिकाहरूसङ बिगत बर्ष झैं यसपटक पनि विजयदशमी मनाएका छन् । बालगृहका बालबालिकाहरूलाई  मेयर फागोले टीका,जमरा लगाउँदै दक्षिणा दिएका थिए ।

बालबालिकाहरूमा दसैंको उत्साह र उमंग जगाउने हेतुले आफूले अनाथ आश्राममा दसैं मनाएको मेयर फागोले बताए । मेयर फागोले बालबालिकालाई  देशको नाम राख्नेगरी  असल काम गर्न आशिर्वाद  दिएका छन् । 

विभिन्न जिल्लाका बालबालिकाहरू गृहमा आश्रित रहेको र  उर्लाबारीका मेयरको हातबाट बालबालिकाले टिका लगाउँदै आशिर्वाद लिन पाउँदा खुशी लागेको अध्यक्ष मिनादेवी बरालले बताइन् ।

०५९ सालमा स्थापना भएको गृहमा तीन जुम्ल्याहासहित ४६ जना बालबालिकाहरू छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ