arrow

पदाधिकारीमा किन नपर्ने भए खुमबहादुर ?

logo
प्रकाशित २०७२ चैत २५ बिहिबार
khum-bahadur.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेसको संसदीय दलको नेताको निर्वाचन सकिएपछि अव सवैको ध्यान पार्टीको पदाधिकारीतर्फ खिचिन थालेको छ । पार्टी सभापति शेरबहादुर देउवाले नियुक्त गर्ने तीन पदाधिकारी सहित विभिन्न जिम्मेवारी अव ककस्ले पाउला भन्ने आम चासो बढेको छ भने नेताहरु पद तथा जिम्मेवारी पाउने कसरतमा लागेका छन् । 
 
सर्वाधिक चासोको विषय अहिले पार्टीको प्रभावशाली पद उपसभापति र महामन्त्रीमा देउवाले कस्लाई मनोनयन गर्लान् भन्ने छ। अर्को चासो अत्याधिक मतका साथ केन्द्रीय सदस्यमा विजयी भएका र दुवै निर्वाचनमा देउवालाई सहयोग गरेका खुमबहादुर खड्काले के जिम्मेवारी पाउलान भन्ने रहेको छ । 
 
संसदीय दलको निर्वाचनमा खड्काको भन्दा दह्रो सहयोग कृष्णप्रसाद सिटौला समुहको पाएकाले देउवाले सिटौलातर्फ देउवाको ध्यान गएको छ। उनका लागि खड्का भन्दा सिटौलासंगको सहकार्य धेरै हिसावले सुविधाजनक र स्वभाविक देखिने भएको छ। त्यसैले देउवाले अव सिटौलालाई पाखा लगाएर खड्कालाई मात्र काखा लगाउने संभावना छैन।साथै आफूसँग सधै नै सहकार्य गर्दै आएका विमलेन्द्र निधीलाई दिने जिम्मेवारी पनि खड्काको लागि टाउको दुाइ हुनेवाला छ। यसको अर्थ खड्कालाई नै कुनै शक्तिशाली पदिय जिम्मेवारी दिनबाट देउवा पछाडी हट्कन सक्छन। बरु उनको सट्टामा केवी गुरुङलाई उपसभापति वा पुष्पा भुषाललाई सहमहामन्त्री बनाएर खड्काको मुख बुझो लगाउने र खड्काको समुहलाई भने संगसगै नै राख्ने संभावना बलियो देखिएको छ।
 
खड्कालाई पदाधिकारी बनाउन नचाहनुमा मुख्य कारण यस्ता छन् 
 
कारण १
हरेक पटक वार्गेनिङ गरिरहने र धम्की दिईरहने गरेकाले खड्कासंग देउवा आजित भईसकेकाले देउवाले खड्कालाई पदाधिकारी नबनाउने बारेमा देउवालाई उनका सल्लाहकारहरुले सुझाव दिएका छन। यो सुझावलाई देउवाले गम्भिरतापूर्वक लिएका छन् । 
 
कारण २
खड्का आफैमा अर्को समुहका नेता भएकाले उनलाई शक्तिशाली पदिय जिम्मेवारी दियो भने भोली उनको वार्गेनिङ पावर बढ्दै जान्छ र फेरी माग पनि बढ्दै जान्छ। त्यो आफ्नै लागि आत्मघाती हुने देउवा समुहको ठहर छ। त्यसैले उनलाई व्यक्तिगत रुपमा बलियो बनाउन नुहने देउवाले बुझेको उनी निकटहरुको मत छ।  
 
कारण ३
सिटौला समुहसंग पनि तीस सांसद रहेकाले संसदीय दलमा सिटौलासंगको सहकार्यले नै सुविधाजनक तरिकाले काम गर्न पाईने र केन्द्रीय समितिमा पनि पौडेल पक्षका केही देउवासंग नजिकिदै गरेको र सिटौला समुहका केन्द्रीय सदस्यहरुको सहकार्यले खड्का विना पनि काम गर्न गाह्रो नहुने हिसाव देउवा पक्षले गरेको छ। त्यसैले खड्कोको वार्गेनिङ पावर खटेको छ । संसदीय दलको निर्वाचन भन्दा अघिल्लो दिन देउवालाई सहयोग गर्ने की नगर्ने भन्दै भेट्न पुगेका खड्कालाई सभापति देउवाले सिटौलाले पनि आफुलाई पुरै सहयोग गर्छु भनेकाले जित्नलाई त गाह्रो नहुने भन्दै सहयोग गर्न के गर्नुहुन्छ त भन्दै प्रतिप्रश्न गरेका थिए। त्यसपछि उनले आफ्नो कुरा राखेर फर्किएका थिए। यसबाट पनि खड्कासंग देउवा डराई डराई टाँसिनु पर्ने वाध्यता टरेको देखिएको छ। यसरी आफ्नो वार्गेनिङ पावर घटेपछि खड्का समुह अहिले गहिरो चिन्तामा परेको छ । 
 
कारण ४
संसदीय दलको निर्वाचनमा पनि खुमवहादुरको भन्दा आफ्नै समुहका विमलेन्द्र निधि, बालकृष्ण खाँण लगायतका नेताको भुमीका नै बढी प्रभावकारी देखिएकाले यिनीहरुलाई नै अगाडी बढाउँदा देउवाले आफुलाई थप सुरक्षीत र शसक्त बनाउने निश्कर्ष निकालेका छन्। 
बुधवार भएको संसदीय दलको निर्वाचनमा देउवाले जितेपछि भएको वधाई आदान प्रदान कार्यक्रममा पनि निधी र खाँणकै चहलपहल बढी देखिएको थियो। खड्का समुहका नेताहरु निकै कम देखिएका थिए। खड्का समुहका अग्रपंतीका नेता त देखिएका पनि थिएनन् । 
 
यसरी हेर्दा सभापति देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा बालकृष्ण खाँण र सहमहामन्त्रीमा खड्का समुहकी पुष्पा भुषाललाई मनोनयन गर्ने संभावना देखिएको छ । यदी खड्का समुहकै मानिएका केवी गुरुङलाई उपसभापति बनाए भने देउवाले निधिलाई महामन्त्री र खाँणलाई सहमहामन्त्री बनाउने देउवा निकट एक नेताले जानकारी दिए। साथै ज्ञानेन्द्र बहादुर कार्की, प्रकाशशरण महत र रमेश लेखक पनि यो ददडमा छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ