के हो टासिने हड्डीको यथार्थ

प्रकाशित मिति : २०७६ कार्तिक ५ मंगलबार

काठमाडौं। एक विद्वान व्यक्ति एक ठाँउ गइरहेको थिए सडकमा उनले देखे एक अग्लो व्यक्ति जादु गरिरहेका थिए । हातमा हड्डी समातेका थिए, हड्डीमा कुनै मन्त्र फुकिरहेका थिए । मन्त्र फुकेपछि उनले त्यस हड्डीबाट एक चक्र खिचे र भने कुनै व्यक्ति अफ्नो हातलाई यस चक्रमा राख ।

एक व्यक्‍ति त्यहाँ तमाशा हेरिरहेको भिडबाट निस्किएर आफ्नो हात त्यस चक्रको बिचमा राखे तब उसको हात टासियो । ती व्यक्ति रुँदै कराउन थाले । अब बिरालोको घाँटीमा घण्टि कसले बाध्ने-जब एक व्यक्तिको दुर्दशा भएपछि, तब अर्को को टसाउन जानु ? त्यस चमत्कारीले निकै उत्तेजित गरे, प्रेरित गरे तब अर्को एक व्यक्ति सो भिइबाट निस्किए । उनले हात राखे तब उनको पनि त्यही दशा भयो । अब, जब दुवैको यस्तो दशा भएपछि अरुले जान आँट गरेनन् ।

सबैले भने भाई, निकै चमत्कारी पुरुष रहेछन्; अब कोही खुट्टा छुन थाले । कोहि दक्षिणा दिन थाले र आशीर्वाद लिए, तथा कोहि त्यो हड्डीलाई आफ्नो सिरमा लगाउन थाले । ती जो विद्वान सज्जन थिए ती यस चमत्कारलाई देखेर निकै प्रभावित भए, भने कमाल हो। दुई व्यक्तिहरुलाई तड्पिदै गरेको देखेर हिम्मत उनको पनि भएन कि गएर त्यस चक्रमा हात राखु ।

खैर, जब सबै मानिस गए, तब पुगे ती बाबा भएको ठाँउमा भने -महाराज मलाई आफ्नो चेला बनाउनुहोस, जे दक्षिणा भन्नुहुन्छ त्यो दिन्छु, यो कला मलाई सिकाइदिनुहोस । आज हरेक मानिसको टासिने सबैमा रोग नै छ, कोहि मायामा टासिएका छन् कोहि धनमा, यो माया सबैको पीठमा टासिएको छ फेरी यो कला सिकेर के लाभ ?

तर ती विद्वानको बुद्धिले विचार गरेन । भने - महाराज ! म तपाईलाई गुरु बनाउन चाहन्छु । यो सोचेनन् कि म मुखले के बोल्दै छु । गुरुको अर्थ हुन्छ, मायामा टासिएकाहरुलाई छुटाउनेवाला, अन्धकारबाट निकाल्नेवाला । तर त्यहाँ त कसलाई गुरु बनाइरहेको थियो । मायाबाट त छुट्न पर्छ तर यहाँ त उल्टो भैरह्यो ।

त्यस विद्वानले पटक पटक भनेपछि, जादूगरले सोचे यी पढेलेखेका व्यक्ति त मेरो पछि लागे, अब के गरु ? तब उनले त्यस व्यक्तिलाई एक कुनामा लगेर भने -बाबूजी, कसैलाई नभन्नु, मेरो रोजी-रोटीको सवाल छ; कुरा यो हो कि जुन दुई व्यक्ति छन् जो भिडको बीचबाट आएका थिए, उनिहरु मेरा नै चेला थिए; मैले त नाटक रचेको थिए, बाँकी यसमा टासिने क्षमता कसरी हुनसक्छ, यो त साधारण हड्डी हो । तब त्यस व्यक्तिको भ्रम दूर भयो ।

नयाँ