arrow

संविधान निर्माणपछि मुलुक अति कठिन चरणबाट गुज्रिंदै : नेम्वाङ्

logo
सागर गौतम,
प्रकाशित २०७२ चैत २५ बिहिबार
nemwang-@-illam.jpg.jpeg
झापा । पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले मुलुक संविधान निर्माण पश्चात अत्यन्तै कठिन चरणबाट गुज्रिरहेको बताएका छन् । झापाको खुदुनाबारी–१ स्थित शङराजायपीठ साधुटारमा आयोजित सलकपुर सतासीवातावरण मैत्री चुरे पदमार्ग कार्यक्रममा नेम्वाङले यसो भनेका हुन् ।  
 
छिमेकी मुलुक भारतमा समेत १ सय २२ पटक संविधान संशोधन भएको चर्चा गदै नेम्वाङले नेपालमा एक पटक संविधान संशोधन हुनुलाई आश्चर्य मान्न नहुने बताए । एमाले संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले राष्ट्रपति चुरे संरक्षण कार्यक्रम प्रभावकारी हुन नसकेकोप्रति असुन्तष्टि जनाए । चुरे संरक्षण सम्वद्र्धन र प्रवद्र्धन अबको पुस्ताले नगरे भविष्यका सन्ततिले उपयोग गर्ने नपाउने नेम्वााङको धारणा छ । 
 
स्थानीय अभियान नेपालले तयार पारेको पदमार्गको अवधारणा पत्र महत्वपूर्ण भएको समेत बताए । कार्यक्रममा एमाले सांसद रविन कोइरालाले पदमार्गकोको अवधारणा नवीन सोच भएकाले समाज रुपान्तरण गर्न सकिने बताए । एमाले साँसद प्रेम गिरीले पदमार्गले चुरे पर्यटन र सम्भावनाको बारेमा बोले । इलामको सलकपुर सतासीवातावरण मैत्री चुरे पदमार्ग ५७ किलोमिटर निर्माण गर्ने अवधारणा पत्रमा जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ