arrow

पाकिस्तान नियन्त्रित काश्मिरमा संकटकाल, स्वतन्त्रताको मागलाई रोक्न दमनको सहारा

प्रेस क्लवमा पनि सुरक्षाकर्मीको आक्रमण

logo
प्रकाशित २०७६ कार्तिक ६ बुधबार
demontration-against-pakistan-pok.jpg

काठमाडौं। पाकिस्तान नियन्त्रित काश्मिरमा पाकिस्तान विरोधी गतिविधी वढेसँगै काश्मिरको राजधानी मुजफ्फरावाद लगायत क्षेत्रमा संकटकाल लगाइएको छ । स्वतन्त्र काश्मिरको माग गर्दै व्यापक प्रदर्शन हुन थालेपछि पाकिस्तान सरकारले त्यस क्षेत्रमा संकटकाल लगाएको हो।

काश्मिरलाई पाकिस्तानले कब्जा गरेको दिन पारेर गरिएको प्रदर्शनीमा पाकिस्तान सरकारले व्यापक धरपकड र दमन गरेको थियो। सो क्रममा २ जनाको मृत्यु भएको थियो भने सय भन्दा वढी घाइते भएका थिए। सय भन्दा बढी व्यक्ति सम्पर्क वाहिर रहेका स्थानिय मानवअधिकारवादीहरुले बताएका छन्।

प्रदर्शनमा हजारौं स्थानियले भाग लिएका थिए। उनीहरुले काश्मिरलाई पाकिस्तानबाट स्वतन्त्र हुनुपर्ने माग राख्दै प्रदर्शन गरिरहँदा पाकिस्तानी प्रहरीले व्यापक वल प्रयोग गरेको हो। स्थानियहरुले आफूहरु पाकिस्तानमा नभइ स्वतन्त्र रुपमा काश्मिरमा रहन चाहेको बताउँदै प्रदर्शनमा भाग लिएका थिए। 

पाकिस्तानी सुरक्षाकर्मीले पाकिस्तान नियन्त्रित काश्मिरको मुजफ्फरवादको प्रेस क्लवमा पनि धरपकड तथा जवर्जस्ती गरेको छ। त्यहाँ अश्रुग्याँस प्रहार गर्दै लाठीचार्ज समेत गरिएको छ। पत्रकारहरुले प्रेस क्लवमा भएको ज्यादतीको खुलेर विरोध गरेका छन्। 

भारतले धारा ३७० हटाएपछि काश्मिरमा ज्यादती भएको भन्दै त्यहाँको मानवअधिकार लगायतका विषयमा विभिन्न अन्तराष्ट्रिय मञ्चहरुमा चर्चा गराउँदै आएको पाकिस्तान र पाकिस्तानका प्रधानमन्त्री इमरान खानका लागि मुजफ्फरावादको पाकिस्तान विरोधी प्रदर्शन र त्यहाँ लगाउनु परेको संकटकाल आफैमा जवाफ भएको अन्तराष्ट्रिय मामिलाका जानकारहरु बताउँछन्।  

मुजफ्फरावादका स्थानिय मानवअधिकारवादीहरुका अनुसार स्वतन्त्र काश्मिरका पक्षमा अहिले स्थानिय करिव डेढ दर्जन राजनीतिक दलहरुले मोर्चा बनाएका छन्। उनीहरुले पटक पटक प्रदर्शन गर्दै आएका छन्। पाकिस्तान सरकार मानवअधिकारको न्युनतम मुल्य र मान्यतालाई पनि अटेर गर्दै प्रदर्शनकारीहरुमाथि दमन गर्दै आएको सञ्चारमाध्यमहरुले जनाएका छन्। 

पाकिस्तान नियन्त्रित काश्मिरमा स्वतन्त्रताको माग, पाकिस्तान सुरक्षा फौजको हस्तक्षेपमा २ को मृत्यु



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ