- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गुलरिया,बर्दिया । चाडपर्व तथ समाजिक संस्कारका बेला प्रयोग हुने विद्युतिय झिलमिलीले कसगर जातिको पुख्र्यउली व्यवसायमा कमि आउन थालेको छ । बर्षैदेखी माटोको समाग्री निर्माण गरि विक्रीबाट जिवन धान्दै आएको कसगरहरुको कुमाले पेशा आधुनिक समयमा आएको विभिन्न किसिमका झिलीमिलीको बढ्दो प्रयोगले माटोको समाग्रीको विक्रिमा कमि आएको हो ।
माटोको दियो, गाग्रो, पाला, जातो, नदिया, सिंगारदान, चुलो समेत बनाई आम्दानी गर्दै आएका कसगरहरुको कुमाले पेशा अहिले रेडिमेड झिलीमिली बत्ति, बल्ब, भाँडोकुँडाका कारण आफुहरुको पेशामा कमिको साथै परिवार पाल्न बच्चालाई पढाउन समास्या हुने गरेको गुलरिया नगरपालिा वडा नम्बर ८ बस्ने काले कसगरले बताए । उनले भने “हाम्रो चौथो पिढि भयो यो पेशा गर्न लागेको पहिले पहिले निक्के व्यापार हुन्थ्यो घरपरिवार चलाउन सजिलो हुन्थ्यो तर अहिले बजार आएको रेडिमेट, प्लाष्टिकका भाँडाकुँडामा ग्राहकको आकर्षण बढ्दै जाँदा हाम्रो व्यापामार दिन प्रतिदिन कम हुने गरेको छ ।”
पहिले नदिबाट माटो सित्तैमा पाइन्थ्यो अहिले गुलरियामा नपाएर ताराताल बाट ४ सय रुपैया प्रति टाँगा माटो किनी समाग्रीहरु निर्माण गरिरहेको उनले सुनाए । गुलरियाको वडा नम्बर ८ मा करिब ६० जनाको संख्यामा बसोबास गरिरहेको कसगर परिवारको दैनिक खर्च तथा बालबच्चालाई शिक्षादिक्षा प्रदान गर्न सोही पेशाले नै चलाउनु परेको छ । बाजेका पालादेखी आफुहरु सोही पेशा आंगालेको उनिहरुले बताउने गरेका छन । माटोकै विभिन्न भाँडाकुँडा, दियो पालो, गाग्रोहरु बनाउदै आएका छन ।
पहिले त मैनापोखर, ताराताल, राजापुर सम्मका ग्राहकहरु आफनो समाग्रीहरु किनमेल गर्न आउँथे तर अहिले त गुलरियाका मात्रै आउने गरेको ५० वर्षिय अब्बास अलि कसगरले बताए । उनले थपे “गुलरियामा मात्र विक्रि हुन्छ, खासगरी दिपावली, छठ तथा विभिन्न चाँडपर्वका बेला घरलाई उज्यालो बनाउन माटोकै विभिन्न सामग्रीहरु दियो, पालो, गाग्रोहरुको प्रयोग गर्ने संस्कार बस्दै आएको थियो ” । “तर, पछिल्लो समय रेडिमेड बत्ति तथा प्लास्टिक, स्टिलका भाँडोकुडाको बढ्दो आकर्षण तथा प्रयोगले हाम्रो व्यवसायमा निक्के कमि आउन थालेको छ । ”
यही पेशादेखि आम्दानी गरेर बालबालिकालाई शिक्षा तथा घरपरिवार जीविकोपर्जान हुन्थ्यो, तर अहिले विदुतिय र प्लास्टिकका सामग्रीका कारण आम्दानीमा समेत कमी अएको छ । त्यही भएर बालबालिकालाई शिक्षा तथा घरपरिवार जीविकोपार्जन गर्न गाह्रो परिरहेको उनको दुखेसो छ । २ हजार रुपैयाको १ टा«ली माटो खरिद गरि घरमा ल्याउँछौ अनि माटोका समानहरु बनाउने गर्छौ अरु केही सिप हामी संग छैन यो काम बाहेक इट्टा भट्टामा ज्यालादारीमा काम गर्न जाने गरेको गुलरिया ८ की शलिखुन निशाले बताइन । माटोको भाँडाकुडा निर्माण गरि वित्रि गर्ने र यसैबाट छोराछोरीलाई पढाउने गरेका छौं उनले भनिन् । “अहिले बजारमा आएको विभिन्न किसिमका विधुतबाट बल्ने भिलिमिलीले पहिले भन्दा यो समयमा हाम्रो व्यपारमा कमि आएको छ । ”
उनले थपिन कहिं कतै बाट पनि अहिले सम्म कुनै पनि किसिमका हामीलाई सहयोग र पेशाको व्यवसायिक बढावाको निम्ती उत्प्रेरण मुलक कार्यक्रमहरु नआएको उनीहरुको गुनासो छ । तसर्थ कसगर जातीहरुको पेशालाई मात्र नभई जिल्लामा भएका सबै जातजातिको पुख्र्यायउी पेशालाई स्थानिय सरकार, विभिन्न सरोकारवाला निकायले ध्यान दिई स्थानिय तहमा भएको पेशा संस्कृति र संस्कारलाई व्यवसायिक बनाई उनीहरुको संरक्षण एवं सम्बद्र्धन, प्रवद्र्धन गरि समाजलाई परिवर्तनको बाटो तर्फ लग्नुपर्ने आजको अवश्यकता हो ।