arrow

दशक बित्यो : ‘शेरबहादुरको गृह जिल्लाका बाढी पीडितको भएन पुनःस्थापना’

logo
टेकराज अवस्थी,
प्रकाशित २०७२ चैत २५ बिहिबार
dadeldhura-bag-bazar.gif.jpeg
डडेल्धुरा । कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको गृह जिल्ला डडेल्धुराका बाढी पीडितको पीडामै दशक बितेको छ । तीन पटक सम्म प्रधानमन्त्री भएका देउवाको संसदीय दलको नेता निर्वाचित भएसंगै फेरि प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । तर, दशक वित्दा समेत आफ्नै गृह जिल्लाका बाढी पीडितको जिविकोपार्जनको बाटो खुल्न सकेन । जिल्लाको दुर्गम क्षेत्र शीर्षका बाढी पीडितहरुलाई अहिले सम्म राज्यले सम्बोधन गर्न सकेको छैन । 
 
डडेल्धुराका प्राय सबै क्षेत्रमा बाटो र विजुली पुगेको छ । तर, २०६२ साल असोज ८ गते आएको विनाशकारी बाढीले ३६ जनाको मृत्यु हुँदा कम्तिमा पनि पाँच सय परिवार विस्थापित भए । विस्थापितप्रति सरकारको उदासिनताले कायमै रहयो । त्यसपछि कम्युनिष्ट सरकार मात्रै बनेनन् कांग्रेस समेत दुई पटक सरकारमा गयो । तर, देउवाकै गृह जिल्लाका बाढी पीडितको पीडा सम्बोधन भएन ।  
 
तत्कालको राहत  र पुनःस्थापनाको आश्वासन बाहेक अहिले सम्म राज्यस्तरबाट कुनै वास्ता भएन, स्थानीयरुद्र बहादुर धामीले भने, ‘कसैले पनि वास्ता नगर्दा पीडितहरुको जीविकोपार्जनमा समस्या आएको  र कष्टकर जीवन बिताउनु परेको छ ।’  
 
पटक–पटक सरकारका विभिन्न निकायहरुमा धाउँदा समेत आफूहरुले भोग्नु परेको समस्या र प्राप्त आश्वासनका बारेमा पहल गर्दा राहतको कुनै पनि प्रकृया अघि नबढेको, आफूहरुको खेत बगाईसकेपछि जेन तेन गुजारा गरिहेको पिडित बताउँछन् ।  उब्जाउ जग्गा जमिन शीर्ष खोलाले बगाएपछि खान लाउन त समस्या छ, नै दुर्गम क्षेत्र भएकाले विकासका गतिविधी, आय आर्जनका अन्य सेवा सुविधा र अवसरबाट पनि स्थानीयहरु बञ्चित भएका छन् ।  
 
डडेल्धुरा जिल्लाको सबैभन्दा बढी अन्न वाली उब्जनी हुने समथर जमिनको छेउमा बग्ने शीर्ष खोलाले प्रत्येक वर्ष शीर्ष गाविस हालको परशुराम नगरपालिकाका तोडेनी, जोगीजाला लगायत यस क्षेत्रमा  बाढी पहिरोले खेतबारी बगाउने जोखिन छ भने, १० वर्ष अघि व्यहोरेको क्षतीको हालसम्म पनि कुनै सुनुवाई नभएका कारण स्थानीयहरु सरकारप्रति आक्रोशित छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ