arrow

भ्यूटावरले थामडाँडा पर्यटकको गन्तव्य स्थानीयतहको चासो नभएको गुनासो

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ कार्तिक १३ बुधबार
view-tower-syangja.jpg

स्याङ्जा। कुनै बेला गाई गोरु र बाख्रा चराउन प्रयोग हुदै आएको थामडाँडालाई पर्यटकीय गन्तव्यको रुपमा विकसित गरिदैछ। मान्छेको बसाई सराई पछि लुकेको थामडाँडालाई यहाँका वासिन्दाले पर्यटकीय गन्तव्य बनाउन अगाडी बढेका छन्।

सरकारले २०२० लाई पर्यटन बर्षको रुपमा मनाउन लागिरहेका बेला पर्यटकीय गन्तव्यका ठाँउहरु स्थानीयले पनि खोजी गर्ने क्रम बढ्न थालेको छ। पछिल्लो समय पर्यटन व्यवसाय आयआर्जनको गतिलो माध्यम बन्न थालेपछि वालिङ ६ थामडाँडाका बासिन्दाहरु पर्यटकीय क्षेत्र बनाउन लागि परेका हुन्।

वालिङ बजारबाट छोटो दुरीमा पुग्न सकिने र जताततै हेर्न सकिने मनोरम क्षेत्र थामडाँडालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न केही पुर्वाधारहरु समेत निर्माण गरिएको छ।

पुर्वाधार निर्माण विना पर्यटकीय गन्तव्य बनाउन सकिदैन भन्ने उदाहरण थाहा पाएपछि यहाँका वासिन्दाले डिभिजन बन कार्याललयको सहयोगमा भ्यूटावर र कृतिम पोखरी निर्माण गरेर शुरु गर्न थालेका छन्।

सामान्य कच्ची सडक निर्माण गरेर पुग्न सकिने व्यवस्था सहित यहाँका वासिन्दाले वालिङ आउने पर्यटकलाई घुम्न पाउने बातावरण मिलाउनका लागि पनि यो प्रयास शुरु गरेको डिभिजन बन कार्यालयका प्रमुख कोमलराज काफ्ले बताउछन्। सरकारले पर्यटन बर्ष मनाउदै गर्दा सरकारको लक्ष्य गाँउ फर्क अभियान पनि रहेको काफ्लेले बताए।

गाँउ छोडेर शहर केन्द्रित हुदै जानेक्रम बढेको छ डिभिजन प्रमुख काफ्लेले भने,“पर्यटकीय विकास सगै शहर केन्द्रित भएका मान्छेलाई गाँउ फर्काउने अभियान पनि हो।” गाँउ छाडेर शहर केन्द्रित हुदा जल, जमिन र माटोको संरक्षण हुन सकेन यस्ता कार्यक्रम अगाडी बढाउदा बाटोघाटो सहित सबै विकास हुन्छ भन्ने लक्ष्य सरकारको हो उनले भने।

सामान्य पुर्वाधार निमाण मात्रै गरेर नछाड्न आग्रह गर्दै काफ्लेले भने अव स्थानीय जाग्नु आवश्यक छ। सरकारले मात्रै लगानी गरेर पर्यटकीय क्षेत्र नबन्ने भन्दै स्थानीयहरुलाई स्थानीय उत्पादनमा जोड दिदै प्रयोग गर्न पनि काफ्लेले आग्रह गरे।

स्थानीय सरकारले मात्रै लगानी गरेर पर्यटक आउने सम्भावना कम हुने भएकाले गाँउले आफै यसकालागि लाग्नु आवश्यक देखिन्छ। स्याङ्जाको मध्यभागमा रहेको वालिङ नगरपालिका होमस्टे सगै आफैमा पर्यटकीय गन्तव्यका धेरै क्षेत्रहरु रहेको पाईन्छ। स्थानीय सरकारको संरक्षण र स्थानीय जनताको चासो रहेमा वालिङ नगरपालिका गण्डकी प्रदेशको पोखरा पछिको अर्को शहरका रुपमा विकसित हुनसक्ने सम्भावना पनि रहेको छ।

हिमाल, पहाड र तराईकै जस्तो तिनतहको मौसम अनुभव गर्न सकिने नगरपालिका रहेको वालिङ नगर उपप्रमुख कल्पना तिवारी बताउछिन्। यस्तो फरक फरक प्रकृतिको मौसम भएको भुगोलको संरक्षण गर्न नगरपालिका तयार छ उपप्रमुख तिवारीले भनीन्,“यसमा स्थानीयहरुको पनि साथ सहयोग आवश्यक छ।” समय सापेक्ष अनुसार जिवनशैली पनि परिवर्तन गर्न सके मात्रै लक्ष्य प्राप्त गर्न सकिने तिवारीले बताईन्।

सिमित श्रोत साधनले धेरै काम गर्नुपर्ने बाध्यता स्थानीयतहमा रहेको बताउदै तिवारीले आवश्यकता अनुसारका कामलाई नगरपालिकाले प्रथामिकता दिने बताईन्।

सिद्धार्थ राजमार्गको मिर्दिबाट ३ किलोमिटर पक्की र ३ किलोमिटर कच्ची सडक पार गरेपछि पुग्न सकिने थामडाँडा जैविक विविधताले भरिएको ठाँउ हो। समुन्द्री सतहबाट करि ११ सय मिटर उचाईमा रहेको थामडाँडाबाट मनोरम दृष्यहरु अवलोकन गर्न सकिन्छ।

नागबेली झै बगेको एतिहासिक आँधीखोला, हिमश्रखलाहरु र मानवबस्तीहरु देख्न सकिन्छ। यसको शुरुवात मात्रै गरेको र यसका लागि धेरै पुर्वाधार निर्माण गर्न जरुरी रहेको बैडा थाम सामुदायीक बन उपभोक्त समितिका अध्यक्ष माया पाण्डे बताउछीन्।

यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकसित गर्दै यहाँ उत्पादन हुने स्थानीय उत्पादनलाई बढवा दिने प्रयास हाम्रो रहने पाण्डेको भनाई छ। यसमा सरकारी निकायले पनि साथ र सहयोग गरिदिन उनले आग्रह गरिन्। 

ब्रामण, मगर र दलित बस्ती रहेको यो ठाँउका लागि करिव ७ लाखमा भ्युटावर र कृतिम पोखरी निर्माण गरेर पर्यटकीय गन्तव्य बनाउन अगाडी बढेका यहाँका बासिन्दालाई सरकारी निकायले पनि चासो दिनु पर्ने देखिन्छ। स्थानीय  जनता र सरकारी निकायले यस्ता मनोरम क्षेत्रको आवश्यक पुर्वाधार निर्माण गरेर पर्यटकीय क्षेत्र बनाउन सके सरकारले अगाडी सारेको २०२० को पर्यटन बर्ष सफल देखिने र स्थानीयको आयआर्जन बढ्ने स्थानीय समाजसेवी नेत्रप्रसाद पाण्डेको भनाई छ।

स्थानीयतहले यस्ता नयाँ आयम दिने पर्यटकीय क्षेत्रको खोजी गर्नु जररुी देखिन्छ भन्छन् स्थानीवासी पाण्डे। यस्ता क्षेत्रको प्रवद्धनमा स्थानीय सरकारले चासो राख्नु आवश्यक देखिएको पाण्डेको भनाई छ। अबलोकन गरौ : बैडा थाम सामुदायीक बन उपभोक्त समिति वालिङ ५ ले निर्माण गरेको भ्युटावर। यहाँबाट वालिङ बजार सहित हिमश्रखलाहरु सगै नागबेली झै बगेको आँधीखोलाको अवलोकन गर्न सकिन्छ। टावर निर्माण पछि आन्तरिक पर्यटकको गन्तव्य स्थल बन्ने विश्वास लिइएको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ