arrow

भारत पहिलो पटक हार्यो बंगलादेशसंग

logo
प्रकाशित २०७६ कार्तिक १८ सोमबार
india-bangladesh1.jpeg

काठमाडौं । भारत टी–२० क्रिकेटमा पहिलो पटक बंगलादेशसंग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा आइतबार राति भएको खेलमा भारत ७ विकेटले पराजित भएको हो । 

यो खेलअघि खेलेका आठ टी–२० मा सतप्रतिशत नतिजा ल्याएको भारतले आइतबार भने कमजोर खेल्यो । 

टस हारेर पहिले ब्याटिङ गरेको भारतले ६ विकेटको नोक्सानीमा १४८ रन बनायो । नियमित कप्तान विराट कोहलीको अनुपस्थितिमा कप्तानी सम्हालेका रोहित शर्माले ९ रन मात्र बनाएको इनिङमा शिखर धवनले ४२ बलमा ४१ रन बनाए । 

रिसभ पन्तले २६ बलमा २७ रन जोडे । श्रेयस ऐयरले १३ बलमा २२ रन बनाए । हार्दिक पान्डेयाले ८ बलमा नटआउट १५ र वासिंटन सुन्दरले ५ बलमा नटआउट १४ रन बनाए । शफुल इस्लाम र अमिनुल इस्लामले २–२ विकेट लिए । 

जवाफमा बंगलादेशले १९.३ ओभरमा ३ विकेटको नोक्सानीमा मात्र कीर्तिमानी जित निकाल्न सफल भयो । मुस्फिकर रहिमले बंगलादेशलाई जिताए । उनले ४३ बलमा नटआउट ६० रन बनाउँदै जिताएका हुन् । 

कप्तान महमुल्लाहले ७ बलमा नटआउट १५ रन बनाए । त्यस्तै सौम्य सरकारले ३५ बलमा ३९ र मोहम्मद नैमले २८ बलमा २६ रन बनाए । भारतले फिल्डिङ निकै कमजोर गर्यो । पटक पटक क्याच छुटायो । 

यो ऐतिहासिक जितसंगै बंगलादेशले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । दोस्रो खेल ७ नोभेम्बर (बिहीबार) राजकोटमा हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ