arrow

रुप ज्योतीलाई छोरी सहित थप तीन दिनको हिरासत

logo
प्रकाशित २०७६ कार्तिक २२ शुक्रबार
rup-jyoti.jpg

काठमाडौं। ठगीको आरोपमा पक्राउ परेका नेपालको पुराना व्यवसायिक घराना ज्योती समुहका रुप ज्योती र उनकी छोरी सुरुचीलाई हिरासतमा राखि अनुसन्धान गर्न प्रहरीलाई काठमाडौं जिल्ला अदालतले तीन दिनको अनुमती दिएको छ।  

प्रहरीले ५ दिनको म्याद मागे पनि काठमाडौं जिल्ला अदालतले ज्योतीलाई थप अनुसन्धानका लागि तीन दिन प्रहरी हिरासतमा राख्ने अनुमती दिएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द प्रसाद श्रेष्ठले जानकारी दिए। 

पूर्व अर्थ राज्यमन्त्री समेत रहेका ज्योतीलाई ठगीको आरोपमा प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो। ज्योतीलाई काठमाडौं प्रहरीले काठमाडौंको अन्तराष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको थियो। सिंगापुरबाट काठमाडौं ओर्लने वित्तिकै ज्योती पक्राउ परेका हुन्।

रुप ज्योतिसँगै छोरी सुरुचीलाई पनि प्रहरीले पक्राउ गरेको थियो। रुप ज्योतिले छोरी सुरुचीको नाममा समेत कम्पनी खोलेर ठगी गर्दै आएको आरोप छ।

रुप ज्योती हाउजिङ ठगी प्रकरणमा परेका हुन्। स्याकार कम्पनीका मालिक समेत रहेका ज्योती अनेक कम्पनीका मालिक समेत रहेका छन्।

ल्यान्डमार्क डेभलपर्स प्रालिका नाममा हाउजिङ बनाउने भन्दै विभिन्न व्यक्तिहरुसँग करोडौं रुपैयाँ ठगी गर्दै आएका ज्योतीलाई पिडित विजेन्द्रमान श्रेष्ठको उजुरीमा पक्राउ गरिएको हो। ज्योतीले  श्रेष्ठलाई १ करोड ३६ लाख ठगी गरेको आरोपमा छ।

ज्योति ग्रुपका उपाध्यक्ष रूप ज्योति यसअघि अदालतमा सेटिङ मिलाएर जोगिंदै आएका थिए । जिल्ला अदालत काठमाडौंले दिएको आदेश कार्यान्वयन नगर्न माग गर्दै रूप ज्योतिका तर्फबाट सर्वोच्च अदालतमा दायर भएको रिट बुधवार सर्वोच्चले खारेज गरेपछि उनलाई पक्राउ गर्ने बाटो खुलेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ