अयोध्याको फैसलाबारे यसो भन्छन् सलमानका पिता सलिम खान
प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा शान्ति र अमन चयन ल्याएको जिकिर
प्रकाशित २०७६ कार्तिक २४ आइतबार
780
Shares
काठमाडौं । भारतको अयोध्याको पाँच सय वर्ष पुरानो विवाद र ७० वर्षदेखि अदालतमा चलेको मुद्दाको अन्तिम किनारा शनिबार (१० नोभेम्बर, २०१९) मा लागेको छ । उक्त मुद्दाको किनारा लगाउँदै भारतीय सर्वोच्च अदालतले विवादास्पद भनिएको स्थानमा राम मन्दिर बनाउन दिने, मस्दिज पनि बनाउन दिने निर्णय भएको छ ।
पाँच एकड जमिन मस्दिज बनाउन मुस्लिमलाई दिन सर्वोच्चले गरेको निर्णयप्रति भने बलिउड लिजेन्ड, चलचित्र लेखक, निर्माता तथा दबंग स्टार सलमान खानका पिता सलिम खानले भने मस्दिज नभई मुस्लिमका लागि विद्यालय खोल्नुपर्नेमा जोड दिएका छन् ।
८३ वर्षीय खानले भारतमा मुस्लिमका लागि मस्जिद नभई विद्यालयको जरुरी रहेको बताएका छन् ।
अयोध्याको लामो विवाद टुंगिएको भन्दै उनले भनेका छन्, ‘मोहब्बत जाहिर करिए और माफ करिए’ (प्यार देखाउ र माफ गर) भनेका छन् । सलिमले यो निर्णयपछि कुनै विगतका घटनामा नलागी अब अगाडि बढ्नु पर्ने सुझाव पनि दिएका छन् ।
सलिमले प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा शान्ति र अमन चयन ल्याएको भन्दै हामीले अब हाम्रो उद्धेश्यप्रति ध्यान दिनुपर्ने बताएका छन् ।