arrow

विकृति, विसंगति चिर्न आध्यात्मिक तथा सांस्कृतिक पर्यटन महोत्सव : डा. तिलक खनाल

logo
प्रकाशित २०७६ कार्तिक २५ सोमबार
mohatsab2.jpg

झापा । झापाको गौरादहमा मंसिर ८ गते देखि १६ गतेसम्म आध्यात्मिक तथा सांस्कृतिक पर्यटन महोत्सव  २०७६ हुदैछ । कार्यक्रमलाई बृहत तथा सफल बनाउन नेपाल मानव धर्म सेवा समिति गौरादह, उद्योग विणिज्य संघ लगायतका संघ संस्था अहोरात्र खटिरहेका छन् ।

 छरिएर रहेका मौलिक कला, संस्कृतिक र परम्परा तथा रितिरिवाजलाई संरक्षण गर्दै आन्तरिक पर्यटनलाई मद्दत पुयाउने मुख्य उद्देश्यले गौरादहमा आध्यात्मिक तथा सांस्कृतिक पर्यटन महोत्सव गर्न लागिएको हो ।

आध्यामिक सांस्कृतिक पर्यटन महत्सव २०७६ को अध्यक्षमा डा. तिलक खनाल रहेका छन् । गौरादह लायंसका संथापक अध्यक्ष समेत रहेका डा. खनाल बौद्धिक सामाजिक ब्याक्ति रुपमा चिनिन्छन् । यसै सन्दर्भमा महोत्सव मूल समारोह समितिका अध्क्षय डा. खनालसँग गरिएको कुराकानीको सम्पादीत अंश।

यो कस्तो प्रकारको कार्यक्रम हो ?
पछिल्लो समय हेरक क्षेत्रमा विकृति, विसंगतिले भरिएको छ त्यसलाई चिर्ने एक मात्र विकल्प आध्यात्म नै हो । आध्यात्मले नै त्यो अभियानलाई पूर्ण गर्न सक्छ भन्ने मान्यताका साथ मनको क्रान्त्रि गर्ने अभियानलाई अगाडि बढाइएको हो । हरेक राष्ट्रको सम्पति भनेको आफ्नो पहिचान र संस्कृति नै हुन्छ । त्यसको पनि प्रवर्द्न गर्ने उद्देश्यले पर्यटन बर्ष २०२० को पूर्वसन्ध्यामा गौरादहमा आध्यात्मिक तथा सांस्कृतिक पर्यटन महोत्सव गर्न लागिएको हो ।आध्यात्मिक, सांस्कृतिक र पर्यटनलाई जोडेर बृहत आध्यात्मिक तथा सांस्कृतिक पर्यटन महोत्सव मंसिर ८ गते देखि १६ गतेसम्म आयोजना गर्न लागेका छौं ।

पर्यटन बर्ष २०२० को पूर्वसन्ध्यामा हुन लागेको कार्यक्रममा राज्यसँगको सहकार्यबाट गर्नु भएको हो ?
हामीलाई राज्यबाट सहयोग भएको छैन । हामीलाई व्यक्तिगत रुपमा कार्यक्रमलाई लिएर प्रदेश १ को सरकारसँग प्रस्ताव गर्दा उहाँहरुबाट सहयोगको केहि सम्भावना छ, अपेक्षा राखेका छौं । उहाँहरुले सक्ने जति गर्छु भन्नु भएको छ ।  

आध्यात्मिक महोत्सव गर्दै गर्दा स्थानीयको प्रतिकृया कस्तो छ ?
यो अन्य धार्मीक कार्यक्रमभन्दा फरक भएकाले मानिसहरुमा उत्सुकता  जागेको छ । सबै तर्फ यसको प्रतिक्षा रहेको पाइन्छ, मानिसहरु बुझ्न खोजी रहेका छन् । उहाँहरुको चहाना अनुसार हामी कार्यक्रमलाई भव्य बनाउन लागि परेका छौं ।

यस प्रकारको कार्यक्रमको अवधारणा कहाँबाट आयो ?
यो अवधारणा मानव कल्याणको लागि हो । संगठित रुपमा मानिसहरुलाई अघि बढाइ रहेको मानव धर्म सेवा समिति गौरदाहले हामीसँग कार्यक्रमको प्रस्तवा गर्नुभयो । प्रस्तावपछि हामीले फरक ढंगबाट कार्यक्रम गरौ, सबैको अपनत्व हुने गरि कार्यक्रमलाई अघि बढाउ भनेर हामीले आध्यात्मसँग देशमा पहिचान नभएका संस्कृति, धरोहरका बारेमा जानकारी दिनका हेतु डमि, फ्लेक्स आदि राख्ने र यस क्षेत्रका स्थानीयको संस्कृतिलाई जोड्यौं । स्थानीयको खानपान र जीवनशैलीलाई समेत प्रवर्दन गर्ने हाम्रो उद्देश्य रहेको छ  साथै गौरदह पोखरीको  गुरुयोजना बन्ने क्रममा छ यो लगायत अन्य क्षेत्रमा पनि  प्रवर्दन गर्ने उद्देश्यले यो एउटा नयाँ अवधारणा सुरु गरेका हौ ।

कार्यक्रम कस्तो होला ?
हामी गाँउ टोलसम्म पुगेका छौं ।  सबै धार्मीक समुदायलाई एकै ठाँउमा बोलाएर सरसल्लाह गरेका छौं । उहाँहरुको अपनत्वको लागि सकारात्मक हुनुहुन्छ ।  हामी कार्यक्रमलाई बृहत र सफलता पूर्वक सम्पन्न गर्छौं भन्ने हाम्रो विश्वास छ ।

कार्यक्रम कति लागतमा सम्पन्न हुदैछ ?
जुन हाम्रो योजना छ त्यसलाई पूरा गर्न करिव ६० लाख रुपैयाँ अनुमानित खर्च लाग्ने देखिन्छ ।

लागत धेरै छ यसको स्रोत के हो ?
हामीले प्रारम्भिक रुपमा शन्ति कलश अभियान चलाएका छौं । हामीले पाँच हजार एक शान्ति कलश गौरादहबासीको घरघरमा दिदैछौं ।  नौ दिनसम्म पुजन गरिएको, पवित्र पारिएको शान्ति कलशलाई  प्रत्येक गौरदहबासीको घरमा स्थापीत गरे परिवारमा सकारात्मक उर्जा थप्नेछ । शन्ति कलश अभियानलाई सहयोग स्वरुप एघार सय रुपैयाँको अहिले रसिद काटिरहेका छौं ।

त्यसैगरी हामीले अन्य पूराणमा जस्तै स्वैच्छिक दान दान गराएर, मन देखि दान गर्ने बातावरण बनाएर दानको रुपमा ग्रहण गर्ने हो ।  अर्को प्रदेश सरकारले सहयोग गर्ने आश्वसन छ । यी नै हुन खर्चको स्रोत ।

उद्योग विणिज्य संघ सहआयोजक छ, नगरपालिका, स्थानीय निकायको कस्तो  सहभागिता छ ?
स्थानीय सरकारसँग पनि हामीले सहयोगको यचना गरेका छौं । एउटा प्रस्ताव पेश गरेका छौं, उहाँहरु छलफलको क्रममा हुनुहुन्छ । उद्योग विणिज्य संघलाई हामीले संगसंगै यात्रामा अगाडि बढाएका छौं । यस क्षैत्रका व्यपारीहरुबाट संघ मार्फ सहयोग प्राप्त भइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ