arrow

“एसएलसीले खायो मेरो नानीलाई”

logo
प्रकाश न्यौपाने।
प्रकाशित २०७२ चैत २७ शनिबार
syanja-SLC-FNL.jpg.jpeg
बुटवल । चैत्र अठार गते विहीवार विहान करीव सात बजेको थियो। आफ्नो घरबाट बाहीर हेर्दा हेदै बुटवल नौ दीपनगर निवासी सरिता बमरेलले आंखामा गह भरी आसु लिईन र एक छिन पछि उनी भक्कानिएर रोईन्। तेत्तीकैमा धैरे मान्छे जम्मा भए अनि सरीतालाई धेरैले के भयो? किन रोएकी? भन्दै उनी माथि धेरै प्रश्न नै प्रश्नहरु गरे। उनी रुनुको कारण आज भन्दा दुई वर्ष अगाडिको कुरा थियो। आज भन्दा दुई वर्ष अगाडि उनीको कान्छो छोरा आषिभ बमरेल एसएलसी परीक्षाकै कारण यस संसारमा रहेनन्। 
 
यसवर्ष चैत्र १८ गते विहीवार देखी सुरु भएको एसएलसी परीक्षाले सरीता बमरेल र उनका श्रीमान् राम प्रसाद बमरेललाई आफ्नो कान्छो छोरा आषिभको याद दिलायो। जुन कुरा उनीहरु दुबै सम्झिननौं चाहदैनन्। तर प्रत्येक वर्ष आउने एसएलसी परीक्षा ले उनीहरुलाई छोराको याद दिलाईरहन्छ। 
 
एसएलसी परीक्षाकै कारण आफ्नो सन्तान गुमाउने राम प्रसाद बमरेल र सरीता बमरेल त केवल एउटा पात्र मात्रै हुन्। हाम्रो समाजमा उनीहरु जस्तै एसएलसी परीक्षाकै कारण आफ्नो सन्तान गुमाएका धेरै अभिभावकहरु पाउछौं।
 
यी बमरेल दम्पतिलाई वर्षेनि सुरु हुने एसएलसी परीक्षाले कान्छो छोरा आषिभ बमरेलको धेरै याद दिलाउछ। बमरेलका छिमेकी अनिल रसाईली भन्छन् “प्रत्येक वर्षको एसएलसी परीक्षाले यी बमरेल दम्पतीको आंखा रसाउँछ। आखिर नरसाउस पनि कसरी अलि राम्रो पढ्ने र लेख्ने नै त्यहि कान्छो थियो।” 
 
एसएलसी परीक्षाकै कारण आफ्नो कान्छो छोरा गुमाएर प्रत्येक वर्ष आउने एसएलसी परीक्षासंगै भाव विह्वलमा रहेका राम प्रसाद गहभरि आंसु लिदै भकान्नीदै भन्छन् “२०७० सालको एसएलसीले खायो मेरो छोरालाई। ” आफुले धेरै पढ्न नपाएका राम प्रसाद बमरेल र सरीता बमरेलले आफ्ना २ छोरालाई धेरै पढाउने विचार गरेका थिए। बमरेल दम्पतिका २ छोरा मध्ये जेठो छोराले आज भन्दा ५ वर्ष अगाडि नै अथार्त २०६८ सालमा नै पढाई छाडेका थियो। त्यसपछि उनीहरुले जेठा छोराले नपढे पनि कान्छो छोरालाई पढाउने योजना बनाएका थिए। तर पनि बमरेल दम्पतिको यो योजना कहिल्यै पुरा हुन सकेन। आषिभकी आमा सरीता भन्छिन “हामी दुवैले पढिएन सन्तानलाई पनि पढाउन खोज्दा पनि सकिन। जेठो छोराले पढेन, कान्छोको त पढाइ राम्रै रहेको थियो, तर दैवले गर्दा पुरा हुन सकेन। ” गहभरि आसु लिदै यति भनेका राम प्रसाद भक्कनिदै भन्नछ “एसएलसी परीक्षाकै कारण आज भन्दा दुई बर्ष अगाडि मैले मेरो कान्छो छोरा आषिभलाई गुमाउनु पर्‍यो। ”
 
शिक्षक, अभिभावक एवं अन्य अग्रजहरुले नै एसएलसी परीक्षा अप्ठारो छ, भनिरहदा विद्यार्थीहरुमा मानसिक तनाव बढ्ने गर्दछ। जसको कारण अभिभावकहरु आफ्ना सन्तान गुमाएका छन्। एसएलसी परीक्षाकै कारण आफ्नो सन्तान गुमाउने मध्येका एक दम्पति हुन तेजलाल न्यौपाने र नीमकला न्यौपाने। नवलपरासी साविकको पञ्चनगर हाल बर्दघाट दश निवासी न्यौपानेको आंखामा पनि आसु रोकिएको छैन्। गतवर्षको एसएलसी परीक्षा दिदां दिदै बिचमा नै न्यौपाने दम्पतिकी जेठी छोरी मनिसा न्यौपानेको एसएलसी परीक्षाकै कारण यस संसारमा रहिनन्। न्यौपाने दम्पतिलाइ पनि यसवर्ष १८ गते विहीवार देखी सुरु भएको एसएलसी प्ररीक्षाले छोरी मनिसाको याद दिलाएको छ। आइरन गेट अथात फलामे ढोका। प्रवेशिका परिक्षालाई यसरी नै परिभाषित गरिदैं आएका कारण अहिले सम्मको पुस्तामा पनि एसएलसी परीक्षाको त्रास व्यापक रुपले रहेको छ।
 
वि. सं. २०६३ सालमा कक्षा १ मा भर्ना भएका विद्यार्थीहरु यस वर्षको अथात् २०७२ सालको एसएलसी परिक्षा दिएका छन्। राष्ट्रियस्तरको यो परीक्षा स्कुले जीवनको अन्तिम परिक्षा हो। यसको नतिजाले विद्यार्थीको उच्च शिक्षाको ढोका खोल्ने वा बन्द गर्ने ठुलो निर्णय गर्दछ। अधिकांश विद्यार्थीहरुमा एसएलसी परिक्षामा के हुने हो? भन्ने मनो त्रास देखिन्छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ