- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिका ३ मा आगामी मंसिर १४ गते हुने वडाध्यक्ष पदको निर्वाचनको पुर्व सन्ध्यामा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा शनिबार आइबिआरडी आउने कार्यक्रम रहेको छ ।
उप निर्वाचनमा पार्टीको उम्मेदवारलाई जिताउन कार्यकर्ता संग भेटघाटका लागि सभापति शेरबहादुर देउवा भोलि कार्तिक ३० गते आईबिआरडी आउने भएपछि नेपाली कांग्रेसक्षेत्र नम्बर १ ले तयारी थालेको छ ।
पार्टी सभापती तथा पुर्व प्रधानमन्त्री देउवाको शनिबार बिहान ८ बजे बेल्डाँडी गाउँपालिकाको चवन्नी बजार , बिहान ९ बजे बेलौरी स्थित क्षेत्रीय पार्टी कार्यालय र साढे ९ बजे पुनर्वासको आईबिआरडीमा कार्यकर्ता भेटघाट कार्यक्रम तय गरिएको नेपाली कांग्रेसक्षेत्र नम्बर १ का सभापती गोपिप्रसाद उपाध्यायले बताए ।