एनआइसी एशियाले 'सुपर चमत्कारिक मासिक निक्षेप खाता' बारेमा स्पष्ट पार्यो
प्रकाशित २०७६ मंसिर ४ बुधबार
785
Shares
काठमाडौं। एनआईसी एशिया बैंकले “सुपर चमत्कारिक मासिक निक्षेप खाता” बिषयको प्रेश विज्ञप्तिका सम्वन्धमा विभिन्न सञ्चार माध्यमहरुमा मंगलबार प्रकाशित समाचार प्रति बैंकको ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति जारी गरेर स्पष्ट पारेको छ। बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई अधिकतम लाभ प्रदान गर्ने उदेश्यले “सुपर चमत्कारिक मासिक निक्षेप खाता” योजना सार्वजनिक गरेको बताउदै उक्त योजना बैंकको “सुपर चमत्कारिक रिकरिङ्ग निक्षेप खाता” को नाम परिर्वतन मात्र रहेको जानकारी दिएको छ।
आम जनमासहरुलाई सजिलोसंग बुझ्न र बुझाउन सजिलो होस भन्ने हेतुले यस योजनालाई “सुपर चमत्कारिक मासिक निक्षेप खाता” भनि नामाङ्कन गरिएको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जारी गरेको बिज्ञप्तिमा जनाइएको छ।
रिकरिङ्ग निक्षेप एक विशेष प्रकारको मुद्दती निक्षेप योजना हो जसमा ग्राहक महानुभावहरुले आफ्नो भविष्यको विभिन्न योजनाहरुको लागि चाहिने वित्तिय श्रोत जुटाउनका लागि मासिक रुपमा किस्ताको हिसाबले उक्त खातामा जम्मा गरी चाहिएको रकम जम्मा गर्न सकिने बताएको छ।
रिकरिङ्ग निक्षेप योजना अन्र्तराष्ट्रिय बैंकिङ्ग अभ्यासमा समेत निकै नै प्रचलित एवंम पहिला देखी नै संचालनमा रहेको योजना रहेको र नेपालमा समेत केही बैंकहरुले विभिन्न नाममा रिकरिङ्ग निक्षेप योजनाहरु सञ्चालन गरी निक्षेप श्रोत परिचालन गरिरहेको छन्।
यस बैंकले सार्वजानिक गरेको “सुपर चमत्कारिक खाताहरु” अन्र्तगत उक्त “सुपर चमत्कारिक मासिक निक्षेप खाता” बचत खाता नभई एक विशेष प्रकारको मुद्दती खाता भएकोले ग्राहकले ३ महिना देखी १० वर्षसम्मको लागि आफ्नो आवश्यकता अनुसार खाता खोल्न र मुद्दती निक्षेपकै ब्याज आर्जन गर्न बताइएको छ।