arrow

मन्त्री बिष्टको ट्याक्सी राजनीति : नाटक कलाकारले गर्ने हो, नेताले होइन 

logo
प्रकाशित २०७६ मंसिर ५ बिहिबार
gokarna-bista-ncp.jpg

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टलाई प्रधानमन्त्री केपी ओलीले हटाएपछि उनले कलाकारले जस्तो अभिनय देखाएको टिप्पणी भएको छ। उनले मिडियालाई बोलाएर मन्त्रीबाट बिदा हुँदा ट्याक्सी चढेको तस्वीर भाइरल बनाएका छन्।

मन्त्रीबाट बिदा भएपछि उनले ज्यान माहुरीले जस्तो काम गरेको स्टाटस फेसबुकमा पोष्ट गरे। त्यसको केही घन्टामा मन्त्रालयमा गएर बिदा भए। बिदा हुँदा ट्क्यासीमा चढेर गएको, मन्त्रीलाई प्राप्त सुविधाको गाडी प्रयोग नगरेको सन्देश दिए । तर उनलाई मन्त्रीनिवाससम्म जान आउन उक्त गाडी राज्यले दिएको मन्त्रालयका एक सहसचिवले बताए, उनले भने, 'सरकारले उनको सरकारी सुविधा खोसेको थिएन।' 

तर राज्यले खोसेजसरी प्रचारशैली अपनाएकोमा स्वयं उनीसँगै काम गरेका मन्त्रालयका कर्मचारीहरु सन्तुष्ट देखिएनन् । उनलाई मन्त्रीनिवासबाट आफ्नो निवास सर्न सरकारी गाडी सुविधा उपलब्ध हुन्छ । तर उनले सस्तो प्रचारबाजीमा रमाउनका लागि ट्याक्सी चढेर बिदा भएको फोटो भाइरल बनाएका छन् । प्रधानमन्त्री ओलीले उनलाई पदमुक्त गरेर ठूलो गल्ती गरेको सन्देश प्रवाह गराउने काम बिष्टले गरेको वालुवाटार निकट एक नेकपाका नेताले बताए ।

बिष्टले यसअघि ऊर्जामन्त्रीबाट बिदा हुँदा पनि ट्याक्सी चढेको फोटो भाइरल बनाएका थिए । त्यो बेलाको शैली लोकप्रिय र मिडियाले कभरेज गरेपछि उनले यो पटक पनि ट्याक्सीको फर्मूला उपयोग गरेका छन्।

मन्त्री बिष्टले देखाएको चटकलाई लिएर वाम बुद्धिजीवी तथा साविक एमालेमा लामो समय राजनीति गरेका कोमल भट्टरार्इृले सामाजिक संजाल फेसबुकमा सटिक टिप्पणी गरेका छन्–‘नाटक कलाकारले गर्नुपर्छ, नेताले होइन। त्यसकारण ‘माहुरी’ ले ट्याक्सी चढेको मन परेन।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ