arrow

असहाय बाल उत्थान समाजलाई नेपाल बंगलादेश बैंकद्वारा ब्ल्याङ्केट वितरण

logo
प्रकाशित २०७६ मंसिर ६ शुक्रबार
nb.jpg

काठमाडौं। विश्व बाल दिवसको अवसर पारेर नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मंसिर ४ गते ललितपुर–२३ हात्तीवन, धापाखेल, स्थित नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ३१ ओटा जाडोको ब्ल्याङ्केट वितरण गरेको छ । 

बैंकले सो अनाथालयमा अनाथ तथा असहाय बालबालिकालाई अध्ययन र बसोबासको लागि सहज होस् भनि ब्ल्याङ्केट वितरण गरेको हो । बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंहले उक्त अनाथालयका बालबालिकाहरुलाई सहयोग सामग्री हस्तान्तरण गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ