arrow

भारतको मन्दिरमा भएको आगलागीमा मर्नेको संख्या १०० नाघ्यो

logo
प्रकाशित २०७२ चैत २८ आइतबार
kerala_Fire1.jpg.jpeg
नयाँ दिल्ली। दक्षिण भारतमा रहेको एक मन्दिरमा आइतबार भएको भीषण आगलागीमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १०२ पुगेको छ । भारतको केरेलाराज्यको तटिय सहर पारवुरामा रहेको पुत्तिङ्गल देवीको मन्दिरमा हिन्दु नयाँ बर्षको उपलक्ष्यमा भएको आतिशबादीमा यो आगलागी भएको बताइएको छ । 
 
मन्दिर परिसरमा जम्मा भएका व्यक्तिबीच भएको यस आगलागीमा परी १०२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २ सय ५० भन्दा बढी व्यक्ति घाइते भएका छन् । स्थानीय समयाअनुसार आइतबार बिहान ३:१५ बजे सुरु भएको यस आगलागीमा सुरुमा ५० जनाको मृत्यु भएको बताइएको थियो भने, पछि यो सङ्ख्या बढेर १०२ पुगेको हो । 
 
अग्नीनियन्त्रक र प्रहरी आगलागी नियन्त्रण र घाइतेहरुको उद्धारको लागि सङ्घषरत रहेको बताइएको छ । हाल स्थिति नियन्त्रणमा आएको केरेलाका गृह मन्त्री रमेश चेन्नीथालाले भारतीय टेलिभिजन च्यानल एडीटीभीलाई जानकारी दिनु भएको छ । 
 
आगलागीमा परेर घाइते भएकाहरुमा केहीको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीले अनुमान गरेका छन् । आतिशवाजीकालागि राखिएको पटाखाहरुमा बिष्फोट हुँदा आगलागी भएर उक्त दुर्घट्ना भएको स्थानिय प्रहरीले बताएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। 
 
स्थानिय प्रहरीले आतिशबाजी नगर्न सचेत गराए पनि मन्दिर प्रशासनले निर्दैशन पालन नगर्नाले त्यस्तो दुर्घट्ना हुन गएको स्थानिय प्रशासनले जनाएको छ। 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ