arrow

मौरिन्हो आएपछि जित्यो टोटनह्याम, शनिबार राति आठ खेलमा २५ गोल

logo
प्रकाशित २०७६ मंसिर ८ आइतबार
tottenham5.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा शनिबार राति आठ खेल भएका छन् । जसमा २५ गोल भएको छ । 

होजे मौरिन्होले सम्हालेपछिको पहिलो खेलमा टोटनह्याम हट्सपरले ३ अंक बटुलेको छ । टोटनह्यामले वेष्टह्यामबाट उसकै मैदानमा ३ अंक खोसेको हो । 

टोटनह्याम ३–२ ले विजयी भयो । सन ह्युङ मिन, लुकास मौरा र ह्यारी केनले १–१ गोल गरे । वेष्टका एन्टोनियो र ओग्बोन्नाले १–१ गोल गरे । 

शनिबार रातिको खेलमा क्रिस्टल प्यालेसविरुद्ध २–१ गोल अन्तरको जित निकाल्दै लिभरपुलले अपराजित यात्रा निरन्तर छ । 

सादियो माने र रोबर्टो फर्मिन्होको गोलबाट लिभरपुलले जित निकाल्यो । विल्फ्रेड जाहाले क्रिस्टललाई गोल दिलाएका थिए । 

म्यान्चेस्टर सिटीले घरेलु मैदानमा चेल्सीलाई २–१ गोल अन्तरले हरायो । एनगोलो काँटेले २१ मिनेटमै गोल गरेर चेल्सीलाई अग्रता दिलाए पनि २९ औं मिनेटमा केभिन डे ब्रुने र ३७ औं मिनेटमा रियाद महारेजले गोल गर्दै सिटीलाई जिताए । 

अन्य खेलको नतिजा 
एएफसी बर्नमाउथ १–२ वुल्भरह्याम्पटन वान्डेरर्स
आर्सनल २–२ साउथह्याम्पटन
ब्राइटन ०–२ लेस्टर सिटी
एभर्टन ०–२ नर्विच सिटी
वाटफोर्ड ०–३ बर्नली

अंक तालिका 
१३ खेलबाट लिभरपुलको ३७, लेस्टरको २९, म्यान्चेस्टर सिटीको २८, चेलसीको २६, वुल्भरको १९, बर्नली र आर्सनलको १८, शेफिल्ड र टोटनह्यामको १७ अंक छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ