मौरिन्हो आएपछि जित्यो टोटनह्याम, शनिबार राति आठ खेलमा २५ गोल
प्रकाशित २०७६ मंसिर ८ आइतबार
856
Shares
काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा शनिबार राति आठ खेल भएका छन् । जसमा २५ गोल भएको छ ।
होजे मौरिन्होले सम्हालेपछिको पहिलो खेलमा टोटनह्याम हट्सपरले ३ अंक बटुलेको छ । टोटनह्यामले वेष्टह्यामबाट उसकै मैदानमा ३ अंक खोसेको हो ।
टोटनह्याम ३–२ ले विजयी भयो । सन ह्युङ मिन, लुकास मौरा र ह्यारी केनले १–१ गोल गरे । वेष्टका एन्टोनियो र ओग्बोन्नाले १–१ गोल गरे ।
शनिबार रातिको खेलमा क्रिस्टल प्यालेसविरुद्ध २–१ गोल अन्तरको जित निकाल्दै लिभरपुलले अपराजित यात्रा निरन्तर छ ।
सादियो माने र रोबर्टो फर्मिन्होको गोलबाट लिभरपुलले जित निकाल्यो । विल्फ्रेड जाहाले क्रिस्टललाई गोल दिलाएका थिए ।
म्यान्चेस्टर सिटीले घरेलु मैदानमा चेल्सीलाई २–१ गोल अन्तरले हरायो । एनगोलो काँटेले २१ मिनेटमै गोल गरेर चेल्सीलाई अग्रता दिलाए पनि २९ औं मिनेटमा केभिन डे ब्रुने र ३७ औं मिनेटमा रियाद महारेजले गोल गर्दै सिटीलाई जिताए ।
अंक तालिका
१३ खेलबाट लिभरपुलको ३७, लेस्टरको २९, म्यान्चेस्टर सिटीको २८, चेलसीको २६, वुल्भरको १९, बर्नली र आर्सनलको १८, शेफिल्ड र टोटनह्यामको १७ अंक छ ।