एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ्ग सेवा लुम्बिनीको ओडवलियामा शुरु
प्रकाशित २०७६ मंसिर ८ आइतबार
403
Shares
काठमाडौं। एनआईसी एशिया बैंकले ग्रामीण तथा दुर्गममा शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्ने क्रममा रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १३ ओडवलियामा आफनो ४३ औं शाखारहित बैंकिङ्ग सेवा सुक्रवारबाट संचालनमा ल्याएको छ। बैंकले ओडवलिया शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरीले गरेका हुन्। उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा अजय सिहं क्षेत्रीज्यूलाई नियुक्त गरिएको एनआइसीले जनाएको छ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयवासीहरुले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत् बैंकिङ्ग सेवा लिन सक्ने बताइएको छ। साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि लामो दूरीसम्म हिंड्नुपर्ने वाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबार गर्न सहज हुने विश्वास बैंकले बताएको छ।
यस्तो सेवाबाट स्थानीयवासीहरुले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवाहरु टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम आदिको महसुल भुक्तानी गर्न सक्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्न सक्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्ने जस्ता सुबिधा उपलब्ध हुनेछन्।