arrow

सरकारले पञ्चायती सत्ताको झझल्को दिन्छ : ट्रेड युनियन कांग्रेस          

logo
प्रकाशित २०७६ मंसिर १० मंगलबार
trade-union-congress-council.jpg

काठमाडौं। नेपाल ट्रेड युनियन कांग्रेसले वर्तमान नेकपा नेतृत्वको सरकारले पञ्चायती सत्ताको झझल्को दिएको बताएको छ। ट्रेड युनियन कांग्रेसको यहि मङ्सिर ५ र ६ गते सम्पन्न राष्ट्रिय परिषदले नेकपाको सरकार हरेक क्षेत्रमा अन्कुश लगाउन खोजेकोले पन्चायती सत्ताको झझल्को दिएको ठहर गरेको हो।

परिषदका निर्णयहरु जानकारी गराउन सोमबार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष पुष्कर आचार्यले वर्तमान सरकार नेपालको संविधानको मर्म र भावना विपरीत मौलिक हकको रुपमा स्थापित ट्रेड युनियन अधिकार र सामुहिक सौदबाजी गर्ने अधिकारलाई सँकुचित गर्ने उदेश्यले संशोधन गर्न लागेको संघीय निजामती सेवा ऎन, मिडिया काउन्सिल विधेयकमार्फत अभिव्यक्ति स्वतन्त्रतामा अन्कुश लगाउने, सरकार विरोधी अभिव्यक्ति दिए पेन्सन तथा सुविधा रोक्ने, संवैधानिक अंगहरुमा राजनीतिक हस्ताक्षेप र नियन्त्रण बढाउन खोज्नु राणा र पन्चायती सत्ताको झझल्को दिएको भन्दै यस्ता अलोकतान्त्रिक कार्य तत्काल बन्द गर्न परिषदले माग गरेको छ।

यसैगरी संवैधानिक राष्ट्रिय श्रम आयोगको गठन, श्रम ऎन-२०७४ को दफा १४५ र १०९ मा भएको व्यवस्थाको गलत व्याख्या गरि श्रमिकलाई आतंकित गर्ने कार्य बन्द गर्नु पर्ने, व्यवसायजन्य स्वास्थ्य र सुरक्षा समिती गठन, राज्यले निर्धारण गरेको पारिश्रमिकको लागु, निजि तथा बाल शिक्षामा आबद्ध शिक्षकहरुको शोषण अन्त गरि उचित पारिश्रमिक दिनु पर्ने, युवालाई विदेश होइन स्वदेशमै रोजगारीको सृजना गर्नु पर्ने माग गरेका छन्।

परिषद्ले ट्रेड युनियन कांग्रेसको संगठनलाई स्थानीय तहसम्म गठन गरि संगठन सुदृढीकरण गर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा योजना अनौपचारिक क्षेत्रमा लागु गराउन देशैभर दबाब अभियान गर्ने, संस्थागत रुपमा भ्रष्टाचार मौलाएको, महँगिले श्रमजीवी वर्ग मारमा परेको, हत्या हिंसा र बलात्कारका घटना बढेको तर सरकारले नियन्त्रण गर्न चुकेको ठहर गर्नुको साथै कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका स्थानमा अतिक्रमित नेपाली भुमि फिर्ता गर्न सरकारले कुटनितिक प्रयासको माध्यमबाट निकास खोज्न माग समेत गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ