arrow

युके पढ्न जाने विद्यार्थीको भिषा लाग्ने रेट ९६ प्रतिशत भन्दा बढी

logo
प्रकाशित २०७६ मंसिर १२ बिहिबार
uk-education-agent.jpg

ललितपुर । युके अध्ययन गर्न जाने विद्यार्थीहरुको भिषा लाग्ने रेट उच्च रहेको पाइएको छ । २०१८ अप्रिल देखि २०१९ मार्च सम्मको रेकर्डमा ९६ प्रतिशत भन्दा बढीको भिषा लागेको एक कार्यशालाका वक्ताले बताएका छन् ।

कस्ता विद्यार्थीहरुले युके पढ्न जान सक्छन् ? युके भिषा आवेदन दिनको लागि के कस्तो तयारी गर्नुपर्छ ? विश्व विद्यालयहरु कसरी छान्ने ? जस्ता कुराहरुको ज्ञान दिन उद्धेश्यले युके पठाउँदै आएका विभिन्न एजेन्टका काउन्सुलरहरुलाई थप ज्ञान दिने उद्धेश्यले ललितपुर इक्यान शाखाको आयोजना र ब्रिटिश काउन्सिलको सहकार्यमा बुधबार भएको कार्यशालामा एक सय भन्दा बढीको सहभागिता रहेको थियो ।  

भिषा आवेदन गर्नुभन्दा पहिले के के कुरामा ध्यान दिने भन्ने बारेमा ब्रिटिश काउन्सिल नेपालका बिजनेस म्यानेजर सुविन बज्रचार्य र इक्यानका प्रथम उपाध्यक्ष महेशबावु तिमिल्सिनाले कार्यपत्र प्रस्तुत गरेका थिए ।  
  
विद्यार्थीहरुलाई विदेश पठाउने नाममा अनैतिक गर्न खोज्नेहरुलाई रोक्ने काममा इक्यान सकृय हुँदै आएको तथा परामर्शदाताको हितको लागि काम गर्दै आएको इक्यानका अध्यक्ष बिष्णुहरी पाण्डेले बताए ।
 
ललितपुर इक्यानका अध्यक्ष सुरेन्द्र पोख्रेल, उपाध्यक्ष उपेन्द्रदेव ढकालले समेत मन्तब्य राखेका थिए। कार्यक्रमको संचालन इक्यान ललिलपुर शाखाका सचिव अरविन्द सिंहले गरेका थिए । कार्यशालको प्रायोजन पाथ फाइन्डर इन्टरनेशन एजुकेशन र शुशाख्क टेक प्रालिले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ