arrow

लिफ्टीङ खानेपानी योजनाले काकाकुल हट्यो

logo
जीवन शर्मा,
प्रकाशित २०७६ मंसिर १४ शनिबार
pumping-water-okhaldhunga.jpg

ओखलढुंगा। हिउद लागेसंगै सुख्खाग्रस्त क्षेत्रकाका रुपमा लिइएको चम्पादेवी गाउँपालिका वडा नम्बर ३ कालिकाका स्थानीयले पानीको जोहो गर्न दिनभर खट्नु पथ्र्यो। बर्षैदेखि खानेपानी अभावमा काकाकुल खेपीरहेका यस ठाउँका स्थानीयहरु यस बर्ष देखि घरमै पानी आउन थालेपछि दंग छन्। गाउँपालिकाको सहयोगमा चित्रे भागे लिफ्टीङ खानेपानी योजना सञ्चालन बाट घरघरमा पानी ल्याएपछि उनिहरुमा खुसी छाएको हो।

चम्पादेवी गाउँपालिकाले कालिकाको तल्लो गाउ काँडेपाटा मुहान बाट मोटर (मेसीन) को माध्यामले ५ सय १६ मिटर सिधै माथि तानेर ट्याङ्कीमा जम्मा गरी गाउलाई खानेपानी अभाव पूर्ति गरेको छ। मुहानमा तीस घनमिटरको रिजर्भ ट्याङकी निर्माण गरी जम्मा गरेको पानीलाई मोटरले तानेर ५ सय १६ मिटर माथि गाउँमा निर्माण गरिएको ट्याङकीमा जम्मा गरी गाउँका प्रत्येक घर घरमा पुर्याउन थालिएको चित्रे भागे लिफ्टीङ खानेपानी योजनाका अध्यक्ष टंक बहादुर बुढाथोकीले बताए।

गाउँमा खानेपानिको समस्या सुझाएपछि गाउँपालिकाका अध्यक्ष नवराज केसीले सहजरुपमा बजेट विनियोजन गरी खानेपानी समस्या समाधानमा लागि परेको बुढाथोकीको भनाइ छ। गाउँपालिकाको आव ०७५/०७६ को  ३५ लाख र स्थानीको श्रमदानमा सञ्चालित खानेपानी घरघरमा पुर्याउन पाइपको अभाव भएको उनको गुनासो छ। गाउँपालिकाको ३५ लाख बाहेक उपभोक्ता बाट एक हजार तीन सय बयानब्बे जनाले श्रमदान गरेका छन्। १ सय १६ उपभोक्तामा प्रत्येक घरले १२ दिन श्रमदान गरेको उनले बताए। दैनिक एक हजारका दरले हिसाव गर्दा पनि उपभोक्ताबाट १३ लाख ९२ हजार बराबरको श्रमदान गरेको बुढाथोकीको दावी छ।

मुहानमा ३० घनमिटरको ट्याङकी निर्माण गरी रिजर्भ गरिएको पानीलाई गाउँको वितरण केन्द्रमा २० हजार लिटरको ट्याङकी निर्माण गरी खानेपानी वितरण सुरु गरेसंगै गाउँलेहरुले खुसी व्यक्त गरेका छन् यो योजना लाई पूर्णता दिनका लागि आवश्यक पाइपको व्यवस्थापन मिलाइदिन जिल्ला समन्वय प्रमुखको समेत स्थानीयले ध्यानाकर्षण गरेका छन्। 

बाह्रै महिना खानेपानीको चरम समस्या भोग्दै आएका यस भेगका १ सय १६ घर परिवार लिफ्टीङ मार्फत खानेपानी घरमै थाप्न पाउदा नया जिवनको सुरुवात गरेको महसुस गर्न थालेको स्थानीय टेक बहादुर बोगटीले बताए। ‘गाउँबाट एक घण्टा ओरालो झरेर पानीको जोहो गर्नुपर्ने हाम्रो बर्षै देखिको समस्या लिफ्टीङ योजना आएसंगै टरेको महसुस भएको छ।’ उनले भने, अहिले तानेर ल्याएको काडेपाटा मुहान बाटै पानी बोकेर खानेगरेका यस भेगका स्थानीयले जिवनै फेरीएको मसहसुस गरेका छन्।’

विहान ४ बजे बाट खानेपानी लिन जानु पर्ने दैनिकी लिफ्टीङ खानेपानी योजनाले परिवर्तन गरेको बुढाथोकीले बताए। लिफ्टीङ खानेपानी योजनाको मुहान ट्याङकीमा दैनिक विहान बेलुकी ४–४ घण्टाका दरले वितरण गर्ने गरिएको छ। नागरिकको जिवनसंग जोडिएको खानेपानीको समस्या समाधानका लागि गाउपालिकाले नयाँ योजना भित्र्याएर जनतालाई सेवा दिएको चम्पादेवी गाउपालिका प्रमुख नवराज केसीले बताए। “यो जिल्लाकै नमुना योजना हो। उनले भने, ‘पानी पिउन पाउने नागरिकको अधिकारलाई सहजरुपमा प्रदान गर्नु आफ्नो कर्तव्य ठानेर लिफ्टीङ खानेपानी लागनी गरेको हुँ।’

चम्पादेवी गाउपालिका वडा नम्बर १ र २ का नागरिकले पिउने पानीको समस्या यस्तै रहेकाले उनिहरुको समस्या टार्नका लागि योजनाको काम धमाधम भैरहेकाले केही समयभित्रै त्याहाका नागरिले खेप्दै आएको खानेपानीको समस्या समाधान गर्ने गाउँपालिका प्रमुख केसीले बताए। लिफ्टीङ प्रणली बाट खानेपानीको व्यवस्था गर्ने चम्पादेवी गाउपालिका जिल्लाकै पहिलो गाउँपालिका हो। 

जिल्लाकै नमुना लिफ्टीङ खानेपानी
ओखलढुंगाका अधिकांश ठाउँहरुका पानीका मुहानहरु सुक्दै जँदा गाउका नागरिक पिउने पानीको निकै दुख भोग्दै आएका छन्। भएका मुहानहरु पनि स्थानीय सरकारले लगानी गरेर खनेका ग्रामिण सडकले सुकाइदिएको छ। पानीका मुहान नै सुकेपछि ग्रामिण भेगका बस्तीहरु विस्तारै सुख्खाग्रस्त बन्दै गएका छन्। पानीका मुहान संरक्षणमा कसैले चासो नदीएपछि पानीको अभाव पूर्ति गर्न स्थानीयलाई मुस्कील परिरहेको अवस्थामा चम्पादेवी गाउपालिकाले लिफ्टीङ को नयाँ योजना ल्याएको छ।

‘यो योजना लाई जिल्लकै नमुना योजनाका रुपमा लिन सकिन सकिन्छ।’ चम्पादेवी गाउपालिका प्रमुख नवराज केसील भने, परिक्षणका रुपमा ल्याएको लिफ्टीङ योजनाले अन्य गाउपालिकाको ध्यान तानेको छ।’ सुख्खाग्रस्त क्षेत्रका लागि  लिफ्टीङ योजनालाई उत्तम विकल्पका रुपमा लिन सकिने मानेभञ्ज्याङ गाउपालिका प्रमुख मोतिराज राइले बताए। आफुले पनि लिफ्टीङ मार्फन जनतालाई खानेपानीको व्यवस्था गर्ने तयारी गरिरहेको उनले बताए। मानेभञ्ज्याङ गाउपालिका जिल्लाकै अति सुख्खाग्रस्त क्षेत्र हो। यहा गाउपालिकाले मात्रै लाखौं रुपौंयाको पानी किनेर प्रयोग गर्ने गरेको छ।

चम्पादेवी गाउँपालिकाले गरेको लिफ्टीङ खानेपानी योजनालाई नमुनाको रुपमा लिएर अन्य स्थानीय तहहरुले समेत लिफ्टीङ योजनालाई महत्वकाका साथ हेरेर खानेपानी अभावलाई  पूर्ति गर्न सकीने जिल्ला समन्वय समितिका प्रमुख जय बहादुर श्रेष्ठले बताए। मुहान नभएका पानी तान्न सक्ने सम्भावना बोकेका सबै स्थानीय तहले लिफ्टीङ योजनालाइ अघि बढाउनु पर्ने श्रेष्ठको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ