arrow

लक्ष्य अनुसार भएन राजस्व संकलन

logo
पुस्कर पौडेल,
प्रकाशित २०७६ मंसिर १९ बिहिबार
bhansara-photo.jpg

धनगढ । प्रथम चौमासिकमा कैलालीको त्रिनगर भन्सार कार्यालयले राजस्व संकलनको लक्ष्य पुरा गर्न सकेन । भन्सार कार्यलयको प्रथम चौमासिकमा दुई अर्व ४० करोडको लक्ष्य थियो । भने सो अवधिमा एक अर्व ७० करोड मात्र राजस्व सकलन भएको कार्यालयले जनाइएको छ ।जसको ७० प्रतिशत मात्र राजस्व सकलन भएको हो ।

भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०७६÷७७ को लागि त्रिनगर भन्सार कार्यालयलाई छ अर्ब ७० करोड ३१ लाख ८६ हजार राजस्व संकलन गर्नुपर्ने लक्ष्य तोकेको छ ।प्रथम चौमासिकमा लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकिएको भन्सार कार्यालयका सूचना अधिकारी डिल्लीप्रसाद शर्माले बताए ।

 उनले गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा आयात घटेकाले लक्ष्य अनुसार राजस्व सकलन हुन नसकेको जानकारी दिए । भन्सार कार्यालयलाई तोकेको लक्ष्य अनुसार असार मसान्त सम्म राजस्व सकलन गर्न भन्सार कार्यालयका सूचना अधिकारी शर्माले बताए ।

गत आर्थिक वर्षमा फलफूलहरु तरकारीको आयात भएपनि चालु आर्थिक वर्षमा तरकारी लगायत फलफूलहरुलाई रोक्क लगायीएकाले राजस्व सकलन गर्नु नसकिएका उनले बताए । गत वर्ष २२ करोडको माल सामान आयात चालु आर्थिक वर्षमा पनि २१ करोड जतिको मालसामान आयात भएको उनले बताए ।

 उनले चोरी पडारी लाइ कडाइका साथ अगाडी बढाउने र लक्ष्य अनुसार राजस्व सकलन गर्न बताए । उनले गत वर्षको प्रथम चौमासिकको राजस्वभन्दा चालु आर्थिक वर्ष को प्रथम चौमासिकमा राजस्वको दश करोड बढी राजस्व सकलन गरेको  बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ