फियन, ग्रामीण विकास बैंकको अध्यक्षमा बस्नेत निर्वाचित
प्रकाशित २०७६ मंसिर २१ शनिबार
651
Shares
चितवन । नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन), ग्रामीण विकास बैंकको दोस्रो अधिबेशनबाट राम शंकर बस्नेत निर्वाचित भएका छन् । उनी चार मतले विजयी भएका हुन् । बस्नेतले ९८ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धी रमेश जिसीले ९४ मत प्राप्त गरे । यसैगरी आगामी चार वर्षे कार्यकालको लागि वरिष्ठ उपाध्यक्ष युवराज गौतम, उपाध्यक्ष कुमारप्रसाद दाहाल, महिला उपाध्यक्ष माया आचार्य, मधेशी उपाध्यक्ष कुमुद त्रिपाठी, जनजाति उपाध्यक्ष राजेशमान श्रेष्ठ, दलित पिछडा उपाध्यक्ष मोहम्मद राइन,महासचिव प्रकाश गिरि,उपमहासचिव आश्विन पौडेल, शंकर ज्ञवाली र कोषाध्यक्षमा शुरेशचन्द्र ढकाल निर्वाचित भएका छन् ।