- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) को नेपालले सफलतापूर्वक आयोजना गरेको छ । १४ औं साग पाकिस्तानमा गर्ने गरी १३ औं साग सम्पन्न गरिएको हो । पाकिस्तानलाई झण्डासमेत हस्तान्तरण गरिएको छ ।
पदकतालिकामा फेरि पनि भारत शीर्ष स्थानमा रहन सफल भएको छ । अहिलेसम्मका सबै संस्करणमा शीर्ष स्थानमा रहेको भारतले कुल ३१६ मध्ये १७४ स्वर्णपदक जित्न सफल भएको छ ।
भारतले ९३ रजत र ४५ कास्यपदक सहित ३१२ वटा पदक जितेको छ ।
दोस्रो स्थानमा रहेको नेपालले ५१ स्वर्णपदक जितेको छ । नेपालको यो सर्वाधिक स्वर्णपदक हो । नेपालले त्यो । नेपालले एउटै संस्करणमा पहिलोपटक यति धेरै संख्यामा स्वर्णपदक जितेको हो ।
६० रजत र ९५ कास्यसहित २०६ पदक जितेको छ । तेस्रो स्थानको श्रीलंकाको ४० स्वर्ण रह्यो । ८३ रजत र १२८ कास्यसहित २५१ पदक श्रीलंकाले जित्यो ।
चौथो स्थानको पाकिस्तानको ३१ स्वर्ण, ४१ रजत र ५९ कास्यसहित १३१ पदक रह्यो ।
पाँचौं स्थानको बंगलादेशको १९ स्वर्ण, ३२ रजत र ८७ कास्यसहित १३८ पदक रह्यो ।
छैटौं भएको माल्दिभ्सको अवस्था निकै कम रह्यो । एउटा स्वर्ण र ४ कास्य गरी माल्दिभ्सले ५ पदक जित्यो । भुटानले ७ रजत र १३ कास्य गरी २० पदक जित्यो ।
अन्तिम दिन विभिन्न झाँकिसहितको प्रदर्शन गरिएका थियो । त्यस्तै आतिशबाजी पनि गरिएको थियो ।