arrow

१० हजार ज्येष्ठ नागरिकलाई दुई करोड निकासा

logo
प्रकाशित २०७२ चैत ३० मंगलबार
older-people.png.png
इलाम। जिल्ला विकास समिति इलामले जिल्लाका १० हजारभन्दा बढी ज्येष्ठ नागरिकको उपचारका लागि रु दुई करोड निकासा दिएको छ। जिविसले ज्येष्ठ नागरिकको उपचारका लागि तीन नगरपालिका र ४३ गाविसलाई निकासा दिएको हो। यहाँका १० हजार ६८८ ज्येष्ठ नागरिकको उपचारका लागि जिविसले रु दुई करोड १३ लाख ६७ हजार निकासा दिएको सामाजिक सुरक्षा शाखाका प्रमुख रवीन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए।
 
सत्तरी वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकलाई अघिल्लो वर्ष एकमुष्ठ रु दुई हजार उपचार खर्च दिइएको थियो। चालु आर्थिक वर्षमा भने मासिक रु ५०० का दरले रु छ हजार दिनका लागि निकासा दिइएको हो। ज्येष्ठ नागरिकले प्रत्येक चार÷चार महिनामा दुई÷दुई हजारका दरले उपचार खर्च पाउने सामाजिक सुरक्षा शाखाका श्रेष्ठले जानकारी दिनुभयो ।
 
दोस्रो चौमासिकको रकम यहि चैत महिनाभित्रमै वितरण गरिसक्ने जिविसले बताएको छ। वर्षको अन्तिमसम्ममा ज्येष्ठ नागरिकले पुनः अन्तिम किस्ताबापतको रु दुई हजार उपचार खर्च पाउने छन्। ‘वृद्धभत्ता’ का रूपमा दिइँदै आएको मासिक रु ५०० बाहेकै जेष्ठ नागरिकलाई ‘उपचार खर्च’ बापत रु दुई हजार दिइएको हो। उपचार खर्च अन्य सामाजिक सुरक्षा भत्तासँगै वितरण हुँदैछ। सरकारले अघिल्लो वर्षको भन्दा उपचार खर्चमा केही रकम वृद्धि गरेपछि ज्येष्ठ नागरिक हर्षित भएका छन्।
 
त्यसैगरी साठी वर्षमाथिका ज्येष्ठ दलितलाई मासिक रु ५०० का दरले एक हजार १५१ जनालाई रकम प्रदान गर्न रु २३ लाख दुई हजार निकासा गरिएको जिविसले जनाएको छ । त्यस्तै १३३ जना एकल महिलालाई मासिक रु ५०० का दरले, चार हजार ८८२ जना विधुवालाई मासिक रु ५०० का दरले रकम वितरण भइरहेको छ। लोपोन्मुख लेप्चा समुदायका तीन हजार २५१ जनालाई मासिक रु एक हजारका दरले रकम निकासा दिइएको छ।
 
एक दशकयता सिँचाइ सुविधा छैन् चुलाचुलीमा
इलामको चुलाचुली गाविसमा रहेको रतुवा खोलामा विसं २०५३ मा निर्मित रतुवाखोला सिँचाइ आयोजनाको बाँध भत्किएपछि विगत एक दशकयता गाउँलेले सिँचाइ सुविधा पाउन सकेका छैनन्।
 
विसं २०६० सम्म सिँचाइ योजनामा पानी सञ्चालन भए पनि रतुवा खोलामा ढुङ्गा, गिट्टी, बालुवा झिक्ने कार्यले उक्त सिँचाइ आयोजनाको बाँध भत्किएको हो। खोलाको सतह दुई मिटर तल झरेपछि सिँचाइ योजनाको बाँध भत्किएको र गाउँको खेतीयोग्य जमिन बाँझो भएको उक्त सिँचाइ योजनाका अध्यक्ष चन्द्रकुमार थापाले बताए।
 
सिँचाइ आयोजनाको बाँध भत्किएपछि योजनामा पानी सञ्चालन नहुँदा चुलाचुली–८ र ७ का पूरै खेतीयोग्य जमिन बाँझै रहेका छन्। करिब रु पाँच करोडमा सम्पन्न सिँचाइ योजना सञ्चालन हुँदा हिउँदमा समेत हरियो मकै फलाएर बेच्ने किसान हाल सिमल तरूल रोप्न बाध्य भएका छन्।
 
चुलाचुलीवासीको आग्रहअनुसार सिँचाइ विकास डिभिजन कार्यालय इलामले यो वर्ष करिब रु २१ करोड बराबरको योजना सञ्चालन गर्न सहमति जनाएको छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ