arrow

धनुषामा बम बिष्फोट गराएको आशंकामा महरा दिदीबहिनी पक्राउ 

३ जना परिसके नियन्त्रणमा

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ मंसिर २८ शनिबार
Dhanusha-Police.jpg

धनुषा। प्रहरी निरिक्षक सहित तीन जनाको मृत्यु भएको धनुषा बम बिस्फोट प्रकरणमा ‘विप्लव’ समुहको हात हुनसक्ने प्रहरीले आशंका गरेको छ। 

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित राजेश साहको घरको गेटमा बम झुन्ड्याउने व्यक्ति नेत्रविक्रम चन्द विप्लव समुहमा आबद्ध भएका व्यक्ति संलग्न हुन सक्ने प्रहरीले आशंका गरेको छ।

सोही आशंकामा धनुषा जिल्ला हंसपुर नगरपालिका २ की ललिता देवी महरा र सीता देवी महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। विप्लव समुहमा आबद्ध रहेका दुवै जना दिदिबहिनी घटनामा संलग्न भएको आशंकामा प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याईएको हो। त्यसैगरि सबैला नगरपालिका बस्ने रामजीवन भन्ने व्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। 

स्रोतका अनुसार मृतक राजेशले ब्याजमा रुपैयाँ पैसाको लगानी गर्ने गर्थे । जस मध्ये विप्लव समुहमा लागेका व्यक्तिहरुलाई समेत साहले लेनदेन गर्ने गरेका बताइएको छ। 

विप्लव समुहमा लागेको मानिसलाई दिएको रुपैयाँ असुली गर्नका लागि ताकेता गर्दा सोही रिसिवीका कारण साहको घरमा बम झुन्ड्याएको हुन सक्ने अनुसन्धानमा रहेका प्रहरी स्रोतले जानकारी दिएको छ। प्रहरीले विष्फोटमा अन्य पनि संलग्न हुन सक्ने भन्दै अनुसन्धानलाई अगाडी बढाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ