arrow

ओलीको सम्वोधन पाँच उपप्रधानमन्त्रीद्धारा बहिस्कार, मन्त्रीहरु निद्रामा

logo
प्रकाशित २०७३ वैशाख १ बुधबार
pm-new-sambodhan.jpg.jpeg
काठमाडौं । नेपाली नयाँ बर्षको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कामको प्रचार गर्न देशवासीका नाममा दिएको सम्वोधनलाई पाँच उपप्रधानमन्त्रीले वहिस्कार गरेका छन् । प्रधानमन्त्रीले आयोजना गर्ने यस्ता कार्यक्रममा मन्त्रीपरिषद्का सवै सदस्य सहित उच्च पदस्थ सरकारी अधिकारीहरु सवै सहभागी हुनु पर्ने राजनितिक संस्कार र परम्परा हो । तर मंगलबार भएको प्रधानमन्त्री ओलीको सम्वोधन समारोहमा उनीहरुको बेवास्ता देखिएको छ। 
 
ईतिहासमै सवै भन्दा धेरै उपप्रधानमन्त्री बनाएका प्रधानमन्त्री ओलीलाई सम्वोधनका बेला एक जना उपप्रधानमन्त्रीले मात्रै साथ दिए भने अरु सवै संगै भएनन् । “उपप्रधानमन्त्री ज्युहरु” भनेर प्रधानमन्त्रीको दायाँ वायाँ राखिएका नेटम प्लेट सहितको कुर्सीहरु खाली हुदा सम्वोधन कक्ष अशोभनीय र रित्तो जस्तो देखिएको थियो । त्यहाको दृश्यले प्रधानमन्त्रीको सम्वोधनप्रति उनीहरुको समर्थन थिएन, प्रधानमन्त्रीले एक्लै जवरजस्ती गरेका हुन् भन्ने झल्कीन्थ्यो । प्रधानमन्त्रीको सम्वोधनमा उनीहरु साछी बसेर राजनितिक मर्यादा राख्नु पर्ने आधारभुत दायीत्वलाई समेत उनीहरुले भुलेको देखियो । 
 
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको हलबाट भएको प्रत्यक्ष सम्वोधनमा उच्च पदस्थ अधिकांश सरकारी अधिकारीहरु सहभागी थिए । कर्मचारी संयन्त्र, सुरक्षा निकाय, योजना आयोग, पुर्ननिर्माण प्राधिकरणका प्रमुखहरु सहभागी थिए भने विचमा राखिएको नेपाली सेनाका प्रधान सेनापतिको नेमप्लेट सहितको कुर्सी पनि खाली थियो । 
 
प्रधानमन्त्रीको दायाँ वायाँ दुवै तर्फ विशिष्टहरुका लागि चार चार पंक्तिमा बस्ने व्यवस्था गरिएको थियो । त्यस मध्ये दुवै तिरको सवै भन्दा अघिल्लो पंक्तिमा मन्त्रीहरुलाई बस्ने व्यवस्था गरिएको थियो भने दोस्रो र तेस्रो पंक्तिमा सचिवहरुलाई बस्ने व्यवस्था मिलाईएको थियो । एक तिरको अन्तीम पंक्तिमा विभिन्न निकायका पदाधिकारी र अर्को तर्फको अन्तीम पंक्तिमा संचारकर्मीहरुलाई तोकिएको थियो । अरु सवै लाईनमा पर्याप्त सहभागीता देखिन्थ्यो भने मन्त्रीहरुका लागि छुट्याइएको पहिले पंक्तिमा आधा संख्यामा कुर्सीहरु खाली थिए ।  
 
ओली नेतृत्वको सरकारका २१ जना मन्त्रीहरु मध्ये ११ जना मात्री मात्रै प्रधानमन्त्रीको सम्वोधानका साछी बस्न आए भने वाँकी आधा संख्याका मन्त्रीहरु आउन आवश्यक छानेनन्। 
 
ओलीले सहायक मन्त्री दुई जना, राज्यमन्त्री दश जना, २१ जना मन्त्री र ६ जना उपप्रधानमन्त्री सहित चालीस जनाको जम्वो मन्त्रीपरिषद् बनाएका छन् । उनले उपप्रधानमन्त्री बनाएका मधेशी जनाधिकार फोरमका अध्यक्ष विजयकुमार गच्छदार, राप्रपा नेपालका अध्यक्ष कमल थापा, एमालेका उपाध्यक्ष भिम रावल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र एमाओवादीका सचिव टोपबहादुर रायमाझीले उनको सम्वोधनको साछी बस्न जरुरी ठानेनन् । उनको सम्वोधनका बेला मालेका महासचिव सिपी मैनाली मात्रै संगै रहेका थिए । 
 
अधिकाँश उपप्रधान मन्त्री र मन्त्रीहरु उपस्थीत नै भएनन भने उपस्थीत भएका उपप्रधानमन्त्री र मन्त्रीहरु पनि निदाईरहेका थिए । उपप्रधानमन्त्री मैनाली, गृहमन्त्री शक्ति बस्नेत, सिंचाई मन्त्री उमेश यादव लगायतका मन्त्रीहरु निकै झुलेका देखिन्थ्ये । पत्रकारहरुको क्यामराको नजिक भएकाले होला सूचना तथा सञ्चार मन्त्री शेरधन राई, उद्योग मन्त्री सोमप्रसाद पाण्डे लगायतका मन्त्रीहरु भने निकै टाठा  देखिएका थिए । उनीहरु प्रधानमन्त्रीले सम्वोधन गरिरहेका बेला प्रधानमन्त्री तर्फ हेरेर सम्वोधन सुन्ने भन्दा पनि क्यामेरा तर्फ मुस्काईरहेको पाइएको थियो । एमाओवादी नेतृत्वको तत्कालिन ३३ दलिय गठबन्धनको तर्फबाट त्यतिवेला ओलीलाई ‘मानसिक सन्तुलन गमाएको’ घोषणा गरेपनि अहिले नयाँ मन्त्रालय बनाएर जिम्मेवारी पाएका खानेपानी तथा सरसफाई मन्त्री प्रेम बहादुर सिंहको मोवाईमा ठुलै रिङटोन बजेपछि सम्वोधन कक्षका सवैको ध्यान खिचिएको थियो भने उनले हस्याङफस्याङ गर्दै फोन काटेका थिए । 
 
सरकारको निति तथा कार्यक्रम राष्ट्रपतिले र बजेट अर्थ मन्त्रीले प्रस्तुत गर्ने व्यवस्था भएकाले निति तथा कार्यक्रम र बजेट आउनु भन्दा अगाडी नै प्रधानमन्त्री ओलीले आफ्नो सम्वोधन मार्फत् सरकारको निति तथा कार्यक्रम र बजेटका मुख्य मुख्य कुराहरु आफैले सार्वजनिक गर्न भ्याए । 
 
झण्डै पौने एक घन्टा लामो सम्वोधनमा उनले आफु प्रधानमन्त्री भएको एक महिनाको अवसरमा दिएको सम्वोधनका कुराहरुलाई नै पट्यार लाग्नेगरी दोहोर्याएका थिए । प्रधानमन्त्रीको सम्वोधनलाई अधिकाँश दल र विष्लेशकहरुले बेतुकको आत्मरती र अत्मरक्षाको भाषणको संज्ञा दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ