- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । गायक रामकृष्ण ढकाल र नीलम शाह ढकालबीचको १७ वर्षको नाता टुंगिएको छ । उनीहरुले बुधबार जिल्ला अदालत काठमाडौंमा गएर आपसी सहमतिमै सम्बन्ध विच्छेद गरेका हुन् ।
मंगलबार नीलमले अदालतमा रामकृष्णसँग सम्बन्ध विच्छेद गरी पाऊँ भन्दै निवेदन दिएकी थिइन् । रामकृष्णसँग अंश नलिने र छोरी आफैसँग राख्ने गरी सम्बन्ध विच्छेद भएको अदालतले जनाएको छ ।
न्यायाधीश विदुर कोइरालाको एकल इजलासले रामकृष्ण र नीलमबीच सम्बन्ध विच्छेद भएको फैसला सुनाएको हो । न्यायाधीश विदुर कोइरालाको इजलासमा दुवै आपसी सहमतिमा सम्बन्ध विच्छेद गरेका हुन् । दुवैले ‘सम्बन्ध विच्छेद गर्न मञ्जुर छौँ’ सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
रामकृष्ण ढकालका केही गीतमा नीलमले मोडलिङ समेत गरेकी छन् । केही समयअघि सहकारीबाट ऋण लिएर घर किनेपछि रामकृष्ण ढकाल चर्चासँगै विवादमा आएका थिए ।
रामकृष्ण र नीलमबीच ०५९ सालमा प्रेम विवाह गरेका थिए । उनीहरुकी एक छोरी छिन् । उनले पनि गीत गाउँछिन् ।